

वाणगंगा नगरभित्रका बैंक तथा वित्तिय संस्थाहरु बन्द हुने



कपिलवस्तु
कपिलवस्तु जिल्ला वाणगंगा नगरपालिका भित्र रहेका बैंक तथा वित्तिय संस्थाहरु बैशाख ३१ गतेसम्म बन्द गर्ने निर्णय गरेको नगरले गरेको छ ।
नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) को प्रकोप नगरपालिका भित्र बढेको र अन्य जिल्ला र स्थानीय तहरुबाट सेवाग्राहीको चाप नगरमा बढेको भन्दै वाणगंगाले बैंक तथा वित्तिय संस्था बन्द गर्ने निर्णय गरेको हो ।
नगर प्रमुख मंगल प्रसाद थारुद्धारा हस्ताक्षरित विज्ञप्तिमा यही बैशाख २४ गतेदेखि ३१ गतेसम्म बैंक तथा वित्तिय संस्था बन्द हुने सुचना निकालेको छ ।
बैकहरु बन्द रहे पनि एटीएम तथा विद्युतीय माध्यमबाट हुने बैकिङ सम्बन्धी सेवाहरु निर्देशन बमोजिम सञ्चालन गर्न समेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ ।
कोरोनाको दोस्रो लहरमा वाणगंगा नगरपालिकाले पनि भोगेको छ । नगरमा कोरोना संक्रमित बढ्दै जाने भए पनि नगरले सो निर्णय गरेको जनाएको छ ।



खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया