

दाङका सांसद डाँगीले रोजे माओवादी, छाडे पोख्रेलको साथ


बुटवल ।
लुम्बिनी प्रदेशका एमाले सांसद अमरबहादुर डाँगीले मुख्यमन्त्री शंकर पोखरेलको साथ छाडेको दाबी माओवादीले गरेको छ । दाङ क्षेत्र नम्बर २ (२) बाट निर्वाचित प्रदेश सांसद डाँगीले कुलप्रसाद केसीलाई समर्थन गरेको दाबी माओवादीका प्रदेश सांसदहरूले गरेका छन् ।
नाम नबताउने शर्तमा माओवादीका एक प्रदेश सभा सदस्यले भने, ‘अमरबहादुर डाँगीले कुलप्रसाद केसीलाई समर्थन गरिसक्नुभएको छ । उहाँ अब एमालेमा हुनुहुन्न, हामीसँग हुनुहुन्छ ।’
ती सांसदले थपे, ‘सांसद अहिले यताउता आउने जाने क्रम जारी छ । माननीय डाँगी अहिले माओवादी केन्द्रमा आउनुभएको छ ।’
माओवादी केन्द्रका अर्का सांसदले पनि नाम नबताउने शर्तमा भने, ‘अमर दाइ हामीसँग आउनुभएको कुरा साँचो हो ।’
ती प्रदेश सभा सांसदले थपे, ‘उहाँ आइतवार एमालेको संसदीय दलको बैठकमा पनि जानुभएको होइन, माओवादीलाई समर्थन छ भन्नुभएको छ ।’
डाँगीलाई सम्पर्क गर्न खोज्दा उनको मोबाइल अफ छ । यस अगाडि दाङबाट उपनिर्वाचन जितेकी विमला वली खत्रीले पनि माओवादी केन्द्र रोजेकी छन् ।
सूर्य चिह्न लिएर निर्वाचन जितेका पश्चिम नवलपरासीका अजय शाही र कपिलवस्तुका धर्मबहादुर लाल श्रीवास्तवले पनि शुरूमा चार दलीय गठबन्धनमा हस्ताक्षर गरे पनि पुनः सोमबार एमालेमै रहेको बताएका छन् ।
कपिलवस्तुका दृगनारायण पाण्डेले पनि एमाले सांसद पद त्याग गरिसकेका छन् ।


खबर सबै
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज






प्रतिक्रिया