

राष्ट्रिय सूचना आयोग स्थापना दिवस : अफवाह रोक्न र सही सूचना प्रवाह गर्न प्रधानमन्त्रीको जोड



काठमाण्डाै
प्रधानमन्त्री केपी शर्मा ओलीले गलत सूचना तथा अफवाहले समाजमा पार्ने असहज वातावरण रोक्न सही सूचना प्रवाह हुनुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय सूचना आयोगको १४ औं स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिदै उहाँले उज्यालो र अँध्यारोबीचको भिन्नताले वातावरणमा ल्याउने प्रभाव जस्तै सही सूचना प्रवाह हुँदा र नहुँदा सामाजिक जीवनमा पार्ने प्रभाव त्यस्तै रहने बताउनुभयो । प्रधानमन्त्री ओलीले संवैधानिक तथा कानूनी व्यवस्था अनुसार कार्यान्वयनमा आएको सूचनाको हकको सफल कार्यान्वयनबाट लोकतान्त्रिक पद्धतिको सुदृढीकरण तथा सुशासन कायम गरी नागरिकलाई सचेत बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।
कोरोना महामारीको दोस्रो लहरका कारण सङक्रमण रोक्न निषेधाज्ञा र स्वास्थ्यका मापदण्ड पालनामा केन्द्रित हुनुपरेको भन्दै उहाँले सही, सत्यतथ्य र आधिकारिक सूचना प्रवाह गर्न र मापदण्डको पालना गर्न/गराउन सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ ।
दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले आयोग कोरोना महामारीका बीच पनि निरन्तर सूचनाको हक प्रचलन गर्न/गराउन प्रयासरत रहेको बताउनुभएको छ । २०६५ साल बैशाख २२ गते राष्ट्रिय सूचना आयोगको गठन भएको हो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया