

फ्रन्टलाइनरलाई ५० प्रतिशत जोखिम भत्ता : प्रधानमन्त्री ओली


काठमाडौं । सरकारले कोभिड(१९ नियन्त्रणमा खटिने फ्रन्टलाइनर कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता प्रदान गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन्।
ुप्रधानमन्त्री ओलीले कोभिडको पहिचान, उपचारको निदान र बिरामीको ओसारपसार , शव व्यवस्थपानमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक, सहचालक र सफाइकर्मीका साथै कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता दिनेछ, ओलीले भने।
कोभिड रोकथाम तथा नियन्त्रणमा खटिने कर्मचारीका परिवारको उपचार तथा बिमाको व्यवस्था गरिने घोषणा गरेका थिए।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन संघ प्रदेश र स्थानीय तहमा अवकाश प्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी एक वर्षका लागि करारमा भर्ना गरिनेसमेत घोषणा गरेका थिए।
प्रधानमन्त्री ओलीले जनताको स्वास्थ्यप्रति सरकार संवेदनशील भएको दाबी गरेका थिए। उनले औषधिको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई कारबाही गरिने चेतावनी दिए।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया