

दाङमा आजदेखि लकडाउन


दाङ
दाङमा आज बिहान ६ बजेदेखि लकडाउन सुरु भएको छ ।
काेराेनाको नयाँँ भेरियन्टसहितको सङ्क्रमण तीव्र गतिमा फैलिएकाले रोकथाम तथा नियन्त्रणका लागि ९ दिन लकडाउनकाे घाेषणा गरिएकाे हाे ।
गएकाे मंगलवार घोराहीमा भएको सर्वदलीय बैठकले आजदेखि आउँदाे २५ गते बेलुका ६ बजेसम्म जिल्लाभरि लकडाउन गर्ने निर्णय गरेको थियो ।
दाङमा लकडाउनको प्रभाव बिहानैदेखि देखिएको छ भने बजार, यातायात सबै सुनसान भएकाे छ ।
लकडाउनकाे समयमा खाद्यान्नका पसल भने दैनिक बिहान ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने भएकाे छ ।
यस्तै अत्यावश्यक गाडीबाहेक अन्य यातायात सञ्चालनमा रोक लगाइएको छ । बैठकले कोरोना विशेष बेलझुण्डि अस्पताललाई ६५ बेड र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एक सय बेड बनाउने निर्णय गरेको थियाे ।
तुलसीपुर र घोराही उपमहानगरपालिकाले अक्सिजनसहितको ४०/४० बेड र प्रत्येक गाउँपालिकाले २० बेड क्षमताका अक्सिजनसहितको आइसोलेशन सेन्टर निर्माण गर्ने निर्णय भएको थियाे। दाङका १० वटै पालिकाले आइसोलेशन सेन्टर बनाउने काम सुरु गरेका छन ।
कोरोना महामारीकाबीच खटिने स्वास्थ्यकर्मीको खर्च व्यवस्थापन गर्न घोराही र तुलसीपुर उपमहानगरपालिकाले मासिक डेढ लाख रुपैयाँका दरले र पालिकाले एक लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभएको छ ।
वैशाख २५ गतेपछि भने अवस्था हेरेर थप निर्णय लिइने प्रमुख जिल्ला अधिकारी पाैडेलले जानकारी दिनुभयाे।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया