शैक्षिक संस्था पठनपाठन तथा परीक्षा कार्य स्थगन पत्रकार महासंघ कपिलवस्तुको अपिल ।

कपिलवस्तु

बढ्दो अवस्थामा रहेको कोरोना संक्रमणले थप जटिलता ल्याउन सक्ने भन्दै कपिलवस्तुका विद्यालयको पठनपाठन तथा परीक्षा लगायतका शैक्षिक गतिविधी संचालन नगर्न नगराउन नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले अपिल गरेको छ। आज महासंघ शाखाले एक विज्ञप्ती जारी गर्दै शैक्षिक संस्था सम्बद्ध सम्पूर्ण निकायलाई अपिल गरेको हो।

महासंघका जिल्ला शाखा अध्यक्ष किरणमान बज्राचार्यद्धारा जारी विज्ञप्तीमा जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णयलाई पूर्ण कार्यन्वयन गर्न आग्रह गरिएको छ। छिमेकी राष्ट्र भारतमा उच्चदरमा फैलिदै गरेको कोरोना महामारीले जिल्लामा पनि फैलन सक्ने हुदाँ कपिलवस्तुको ९३ किमी खुल्ला सिमाबाट आवतजावत गर्ने मानिसहरुको स्वास्थ्य जाचँ तथा निगरानी बढाउदै उच्च सतर्कता अपनाउन समेत आग्रह गरेको छ।

 

तत्काल लागु हुने गरी जिल्ला भित्रका सम्पूर्ण शैक्षिक संस्थाहरुको पठनपाठन तथा परीक्षा लगायतका कार्य वा गतिविधि नगर्न नगराउन, महामारीले थप जटिलता ल्याउने भएकाले यस प्रति सचेत रहन अपिल गरेको छ। त्यस्तै जिल्लामा लाग्ने सम्पूर्ण हाट बजार लगायत भिडभाड हुने र कोभिडको संक्रमण फैलिन सक्ने सार्वजनिक निकाय स्थलहरुमा भिडभाड नगर्न र जनस्वास्थ्यका आवश्यक मापदण्ड पूर्ण रुपमा पालना गर्न विज्ञप्तीमा उल्लेख गरिएको छ।

मापदण्ड पालना भए नभएको बारे जिल्ला स्थित संकट व्यवस्थापन केन्द्रले प्रभावकारी अनुगमन गर्न तथा स्वास्थ्य उपचारका आवश्यक तयारी गर्न तिनै तहका सरकारलाई अनुरोध गरेको छ।

त्यस्तै कोभिड १९ को दोस्रो लहरबाट जोगिदै स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकता राखेर मात्रै पेशागत कर्तव्य पुरा गर्न आम संचारकर्मीलाई आग्रह गरेको छ। महामारीको कठिन समयमा पत्रकार आचारसंहितको पालना गर्दै सत्य तथ्य समाचार सामाग्री सम्प्रेषण गर्दै जनताको सुसुचित हुने अधिकारको प्रत्याभुतिका लागि अग्रभागमा रहेर कर्तव्य पालना गर्न विज्ञप्ती मार्फत आह्वान गरिएको छ। यता हिजो रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित एक विद्यालयको होस्टेलमा बसेर अध्ययन गर्ने छात्राको निधन भएको घटना प्रति महासंघ शाखाले दुख ब्यक्त गरेको छ।

प्रतिक्रिया

खबर सबै