

अक्सिजन आपूर्तिमा अवरोध सिर्जना गर्नेलाई फाँसी दिन दिल्ली हाइकोर्टको आदेश


एजेन्सी
भारतमा अक्सिजन आपूर्तिमा कुनै पनि निकाय तथा व्यक्तिले अवरोध गराए फाँसी दिने आदेश जारी भएको छ । दिल्लीस्थित हाईकोर्टले एक अस्पतालले दायर गरेको उजुरीमा सुनुवाई गर्दै फाँसी दिने आदेश जारी भएको भारतीय समाचार माध्यमहरुले बताएका छन् ।
न्यायाधीसद्वय जस्टिस विपिन साँघी र जस्टिस रेखा पल्लीको इजलासले अक्सिजन आपूर्तिमा अवरोध गराउनेलाई फाँसी दिने पक्षमा वकालत गरेको बताइएको छ ।
भारतको महाराजा अग्रसेन अस्पतालले बिरामीको अवस्थालाई मध्यनजर गर्दै चाँडो भन्दा चाँडो अक्सिजन उपलब्ध गरान दिल्लीस्थित हाइकोर्टमा निवेदन दिएको थियो ।
अदालतले दिल्ली सरकार, केन्द्र सरकार र स्थानीय सरकारलाई पनि अक्सिजन वितरण तथा उपलब्ध गराउने कार्यमा अवरोध गर्नेहरुको पहिचान गर्न र निगरानी गर्न भनेको छ ।
त्यस्तैगरी यसअघि अवरोध सृजना गर्नेहरुलाई फाँसी दिने जनाएको छ ।
भारतमा कोरोना महामारी अत्याधिक बढ्दै जाँदा अक्सिजनको अभावका कारण धेरैले ज्यान गुमाइरहेका छन् ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया