

गुल्मीमा पार्किङ्गमा राखिएको ट्याक्टरमा अज्ञात समुहद्धारा आगजनी



गोकर्ण पाण्डे।गुल्मी /गुल्मीमा अज्ञात समुहले ट्याक्टरमा आगजनी गरेका छन्।
जिल्लाकाे रेसुंगा नगरपालिका ६ अन्तर्गत पर्ने चेक्मीमा साइडकाे काम गर्दै आएकाे लु ४ च ८८४४ नम्बरकाे ट्याक्टरमा शुक्रबार बिहान आगजनी भएको जिल्ला प्रहरी कार्यालय गुल्मी ले जनाएको छ।
पुष्पाञ्जली निर्माण सेवाले भाडामा लिएर आएको तीन हप्तादेखि साइटमा काम गर्दै आएको ट्याक्टर पार्किङ्गमा राखिरहेको अवस्थामा बिहान करिब ४ बजे तिर आगजनी भएको निर्माण सेवाका सञ्चालक सञ्जय पन्थीले बताए।
यस घटनाकाे बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गाेपाल चन्द्र भट्टराई ले जानकारी दिए।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया