

टिकटकसँग अर्बौं डलरको क्षतिपूर्ति माग्दै मुद्धा दर्ता



एजेन्सी ।
अहिले विश्भरि तहल्का मच्चाइरहेको अत्यन्तै लोकप्रिय एप टिकटक विरुद्ध अर्बौं अमेरिकी डलर बराबराको क्षतिपूर्तिको माग राख्दै मुद्दा दायर भएको छ । बालबालिकाका लागि पूर्व कमिस्नर इङल्यान्ड एन्ने लंगफिल्डले टिकटकले बालबालिकालाई डाटा प्रयोग गर्न लगाएर पैसा संकलन गरिरहेको विरुद्ध यो कदम चालेकी हुन् ।
संयुक्त अधिराज्य र युरोपेली संघ ९इयु० का करोडौं बालबालिकाको तर्फबाट भिडियो सेरिङ एप टिकटक विरुद्ध क्षतिपूर्ति माग गर्दै यो मुद्दा दायर गरिएको हो । यदि यो मुद्दा सफल भएको खण्डमा यसबाट प्रभावित प्रत्येक बालबालिकाले जनही हजारौं पाउन्ड पाउनेछन् । तर, टिकटकले भने यसलाई ताइ न तुइको बेकारका मुद्दाको संज्ञा दिँदै यस मुद्दा विरद्ध डटेर लड्ने बताएको छ
।यस मुद्दाको सिलसिलामा वकिलहरूले कानुनअनुसार आवश्यक पर्ने अनुमति, यथेष्ट चेतावनी र पारदर्शी बिना टिकटकले बालबालिकाहरूको निजी सूचनालगायत फोन नम्बर, भिडियो, वास्तविक स्थान, वायोमेट्रिक तथ्यांक संकलन गरिहेको र बालबालिका तथा तिनीहरूका अभिभावकहरूसमेतलाई ती संकलित सूचनालाई के गरिन्छ भन्ने जानकारी नै नदिने गरिएको आरोप लगाउने भएका छन् ।टिकटकको विश्वभरि ८० करोड भन्दाबढी प्रयोगकर्ता छन् । यसको माउ कम्पनी बाइटड्यान्सले गतवर्ष अर्बौं डलर कमाएको थियो । अधिकांश आम्दानी विज्ञापन राजश्व संकलनबाट हुने गरेको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया