
सङ्क्रमितले भरिए लुम्बिनी प्रदेशका काेराेना अस्पताल

दाङ
कोरोना भाइरसको सङ्क्रमण दर बढेसँगै दाङसहित लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पताल बिरामीले भरिएका छन् । कोरोना विशेष अस्पताल बिरामीले भरिएपछि नयाँ सङ्क्रमितले उपचार पाउन अप्ठ्यारो भएको छ ।
दाङको बेलझुण्डी, रुपन्देहीको बुटवल, भैरहवा र बाँकेको नेपालगञ्जमा रहेका कोरोना विशेष अस्पताल सङ्क्रमितले भरिएपछि नयाँ सङ्क्रमितले उपचार पाउन अप्ठ्यारो भएको हो ।
कोरोना विशेष अस्पतालबाहेक दाङको घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा पनि केही बिरामी भर्ना भएका छन् भने नेपालगञ्ज मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, क्रिमसन अस्पताललगायतमा कोरोनाका बिरामीको उपचार भइरहेको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना विशेष अस्पतालमा दुई सय ४१ शय्या (बेड) मात्रै छ । यहाँका विभिन्न निजी अस्पतालले तीन सय ८१ बेड कोरोना सङ्क्रमितका लागि छुट्याएका छन् ।
पछिल्लो तथ्याङ्कअनुसार बुधवार दिउँसोसम्म लुम्बिनी प्रदेशमा ५९ सङ्क्रमित आईसीयूमा, १० जना भेन्टिलेटरमा र साधारण बेडमा ५६ जना लक्षण भएका बिरामी रहेका छन् । बेलझुण्डीमा रहेकाे कोरोना विशेष अस्पतालमा पाँच जना आईसीयूमा र २० जना अक्सिजनसहितको बेडमा रहेको र ती सबै भरिभराउ अवस्थामा छन् ।
भारतबाट भित्रिनेको सङ्ख्या बढेसँगै लुम्बिनी प्रदेशका तीन जिल्लामा सङ्क्रमितको सङ्ख्या उच्च दरमा बढेको हो । दाङ, बाँके र रुपन्देहीमा सङ्क्रमित एक हप्तामै पाँच गुणाले बढेका छन् ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया