

सङ्क्रमितले भरिए लुम्बिनी प्रदेशका काेराेना अस्पताल



दाङ
कोरोना भाइरसको सङ्क्रमण दर बढेसँगै दाङसहित लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पताल बिरामीले भरिएका छन् । कोरोना विशेष अस्पताल बिरामीले भरिएपछि नयाँ सङ्क्रमितले उपचार पाउन अप्ठ्यारो भएको छ ।
दाङको बेलझुण्डी, रुपन्देहीको बुटवल, भैरहवा र बाँकेको नेपालगञ्जमा रहेका कोरोना विशेष अस्पताल सङ्क्रमितले भरिएपछि नयाँ सङ्क्रमितले उपचार पाउन अप्ठ्यारो भएको हो ।
कोरोना विशेष अस्पतालबाहेक दाङको घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा पनि केही बिरामी भर्ना भएका छन् भने नेपालगञ्ज मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, क्रिमसन अस्पताललगायतमा कोरोनाका बिरामीको उपचार भइरहेको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना विशेष अस्पतालमा दुई सय ४१ शय्या (बेड) मात्रै छ । यहाँका विभिन्न निजी अस्पतालले तीन सय ८१ बेड कोरोना सङ्क्रमितका लागि छुट्याएका छन् ।
पछिल्लो तथ्याङ्कअनुसार बुधवार दिउँसोसम्म लुम्बिनी प्रदेशमा ५९ सङ्क्रमित आईसीयूमा, १० जना भेन्टिलेटरमा र साधारण बेडमा ५६ जना लक्षण भएका बिरामी रहेका छन् । बेलझुण्डीमा रहेकाे कोरोना विशेष अस्पतालमा पाँच जना आईसीयूमा र २० जना अक्सिजनसहितको बेडमा रहेको र ती सबै भरिभराउ अवस्थामा छन् ।
भारतबाट भित्रिनेको सङ्ख्या बढेसँगै लुम्बिनी प्रदेशका तीन जिल्लामा सङ्क्रमितको सङ्ख्या उच्च दरमा बढेको हो । दाङ, बाँके र रुपन्देहीमा सङ्क्रमित एक हप्तामै पाँच गुणाले बढेका छन् ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया