

कपिलवस्तुमा बढे कोरोनाका सक्रिय बिरामी, दुई दिनमा २५ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ४७




कपिलवस्तु
नेपालमा कोरोनाको दोस्रे लहर चलेपछि कपिलवस्तु जिल्ला पनि चोखो रहन सकेन । खुल्ला सिमानाका कारण भारतबाट कपिलवस्तु भित्रिने मानिसहरुबाट नै कोरोनाको उच्च जोखिममा यति बेला कपिलवस्तु जिल्ला रहेको छ । जिल्लामा २ दिनमा २५ जना नयाँ कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाको वाणगंगा नगरपालिकामा १० जना, बुद्धभुमि नगरपालिकामा ६ जना, कपिलवस्तु नगरपालिकामा १२ जना, कृष्णनगर नगरपालिकामा ९ जना, शिवराज नगरपालिकामा ८ जना तथा योशोधरा र मायादेवी गाउँपालिकामा १–१ जनागरी ४७ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । जिल्लामा रहेका ४७ संक्रमित मध्ये ३३ पुरुष र १४ महिला रहेका छन् ।
कोरोना बढ्दै गएपछि सामाजिक दुरी कायम राख्न, मास्कको प्रयोग अनिर्वाय गर्न तथा स्वास्थ्यका सम्पुर्ण मापदण्ड पालना गर्न पनि स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।
यस्तै हाल सम्म कोरोनाका कारण जिल्लाभित्र ३२ जनाको निधन भएको छ । ३२ जना मध्ये २३ जना पुरुष र ९ जना महिला रहेको स्वास्थ्य कार्यालयले बताएको छ ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया