

कपिलवस्तुमा कोरोनाका सक्रिय संक्रमितको संख्या २१ पुग्यो, कहाँ कति ?



नवराज बेल्वासे
कपिलवस्तु ।
पछिल्लो समय देशभर फैलिदै गएको कोरोना भाईरस यतिबेला कपिलवस्तुमा पनि फैलिदै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार खुल्ला सिमानाका कारण कपिलवस्तुमा नयाँ संक्रमित भेटिएको बताएको छ ।
२०७७ चैत्र २९ गते १० जना कोरोना संक्रमित रहे पनि चैत्र ३० एक जनाको भने मृत्यु भएपछि जिल्लामा संक्रिय संक्रमितको संख्या ९ पुगेको थियोे । मृत्यु हुनेमा वाणगंगा नगरपालिका वडा नम्बर ३ का ८७ वर्षिय पुरुष रहेका थिए । तर केहि दिन यता भने कपिलवस्तुमा कोरोनाका बिरामी बढेको स्वास्थ्य कार्यालयले जनाएको छ । २०७८ वैशाख ३ गतेको विवरण अनुसार जिल्लामा २१ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् । ५ दिनमा १२ जना नयाँ कोरोना संक्रमित थपिएकाले सावधान हुन् आवश्यक रहेको जिल्ला स्वास्थ्यले जनाएको छ ।
अहिले जिल्लाको वाणगंगा नगरपालिकामा ६ जना कोरोना संक्रमित रहेका छन् भने बुद्धभुमिमा १ जना, कपिलवस्तु नगरपालिकामा २ जना, कृष्णनगर नगरपालिकामा ५ जना, मायादेवी गाउँपालिकामा १ जना, शिवराजमा ६ जना गरी जम्मा २१ सक्रिय संक्रमित रहेका छन् । हाल सम्म कोरोनाका कारण जिल्लामा ३१ जनाको मृत्यु भईसकेको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया