

रुपन्देहीको एक पेट्रोल पम्पमा आगलागी




बुटवल
इन्धन खन्याउने क्रममा रुपन्देहीमा रहेको एक पेट्रोल पम्पमा आगलागी भएको छ । सूर्यपुरास्थित अभिषेक आयलमा लु २ ख २८५७ नम्बरको ट्याङ्करले इन्धन खन्याउने क्रममा आगलागी भएको हो ।
आगलागी नियन्त्रणको प्रयास गर्दा पम्प सञ्चालक हेमन्त चौधरी सामान्य घाइते भएका छन् ।
आगलागीबाट इन्धन बोकेको ट्याङ्कर जलेर पूर्णरुपमा नष्ट भएको छ । प्रहरीले मानवीय क्षति नभएको र क्षतिको थप विवरण संकलन भइनसकेको बताएको छ ।
गएराति पौने आठ बजेतिर लागेको आगो लुम्बिनी सांस्कृतिक नगरपालिका, सिद्धार्थनगर र बुटवलका तीनवटा दमकलको प्रयोगबाट राति १० बजेतिर नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।
आयल निगम भलबारीका डिपो प्रमुख प्रलयंकर आचार्यका अनुसार आयल निगमको भैरहवास्थित भलबारी डिपोबाट २० हजार लिटर पेट्रोल लोड गरेर विभिन्न पेट्रोल पम्पहरुमा पुर्याउन गएको त्रिमूर्ति ट्रान्सपोर्टको ट्यांकरमा आगलागी भएको हो ।
आठ हजार लिटर पेट्रोल आगलागी हुनुभन्दा अघि नै अर्कै डिपोमा खन्याइएको र चार हजार लिटर अभिषेक पेट्रोल पम्पमा खन्याइसक्दा आगो लागेको थियो । उनका अनुसार आगो लाग्दा ट्यांकरमा आठ हजार लिटर पेट्रोल बाँकी थियो । ट्यांकर जलेर नष्ट भए पनि पम्पलाई केही नभएको उनले बताए ।
आगलागी भएको स्थान भैरहवाबाट ४० किलोमिटर लुम्बिनीतर्फ भित्री क्षेत्रमा पर्दछ । रुपन्देहीमा यसअघि पनि भैरहवास्थित एक पेट्रोलपम्प र नेपाल आयल निगमको भलबारी डिपोमा तेल खन्याउने क्रममा आगलागी भएको थियो ।
आयल निगम भलबारीका डिपो प्रमुख आचार्यका अनुसार यूरो-६ मापदण्डको तेल निकै पातलो हुने भएकाले पम्पमा खन्याउने क्रममा लिक हुने र यस्ता आगलागीका घटना दोहोरिएको अनुमान गरिएको बताए । यसबारे अध्ययन भइरहेको आचार्यले बताए ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया