

हतियारसहित समातिएका तीन जनामाथि मुद्दा



बर्दिया ।
बर्दियामा हतियारसहित पक्राउ परेका तीन जनालाई मुद्दा चलाइएको छ ।
गत सोमबार बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको प्रहरीको गस्ती टोलीले तीन थान भरुवा बन्दुक, त्यसमा लाग्ने १७ थान गोली र दुई सय ग्राम बारुदसहित उनीहरुलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका तीनै जनालाई बिहीबार अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल पौडेलले जानकारी दिए ।
प्रहरीले गणेशबहादुर तिवारी र चक्रबहादुर विष्टलाई तत्काल नियन्त्रणमा लिएको थियो ।
फरार रहेका सुर्खेत बराहताल गाउँपालिका–२, सिस्नेरीका ३६ वर्षीय रविलाल मन्दिरलाई प्रहरीले बिहीबार पक्राउ गरेको जनाएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया