

कपिल प्रज्ञा पुस्तकालयको दोस्रो साधारणसभा सम्पन्न

भलवाड ।
कपिल प्रज्ञा पुस्तकालयको दोस्रो वार्षिक साधारणसभा वाणगंगा ९ को कपिलधाममा सम्पन्न भएको छ । सो साधारणसभामा लुम्बिनी प्रदेश सांसद तथा कार्यक्रमका प्रमुख अतिथि विष्णु पन्थीले मानव चेतनशिल तथा सामाजिक प्राणी भएको हुदा ज्ञानको भण्डार वृद्धि गर्न अध्ययन गर्न पुस्तकालयको महत्त्वपूर्ण भुमिका रहने बताए । उनले कपिल प्रज्ञा पुस्तकालय वाणगंगा नगरको पर्यटकीय तथा बौद्धिक तवरले गौरवको बिषय भएको हुदा आफुले पनि आफ्नो ठाउबाट सहयोग पुराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा वडा अध्यक्ष धुर्ब बेल्बासेले कपिल आरोग्य मन्दिर कपिलधाममा रहेका साहित्य तिर्थ स्थल, त्रिरत्न बुद्ध विहार , प्रज्ञा पुस्तकालय सबैको सुन्दरताको लागि वडा न.९ ले समन्वय गर्दै आएको भन्दै कपिल प्रज्ञा पुस्तकालयलाई समय सापेक्ष प्राबिधिक मैत्री बनाउदै लैजानु पर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा बाल कवि जोशीका कडेल लगायत आधा दर्जन साहित्यक स्रस्टाका कविहरुल्रे देशको समसामयिक परस्थिती सँग सम्बन्धित रहेका विभिन्न रचना वाचन गरेका थिए ।
कार्यक्रमको विषय बस्तुमाथी पुस्तकालयका अध्यक्ष इन्द्र बहादुर कोइरालाले प्रकाश पारेका थिए भने वार्षिक प्रतिवेदन सचिव दुर्गा प्रसाद पौडेल र कोषाध्यक्ष शान्ता खनालबाट गत आ ब २०७६÷०७७ को कुल १ लाख ९० हजार बराबरको आय ÷ब्यय सार्बजनकिकरण गरिएको थियो । कार्यक्रममा कपिलधामका सल्लाहकार हरिराज घिमिरे कपिलधामका अध्यक्ष शंकर प्रसाद आचार्य कपिलवस्तु न पा ९का वडा अध्यक्ष शिव वाग्ले समाजसेबि देवराज पान्डे लगायतले साधारणसभाको सफलताको शुभकामना दिएका थिए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया