

कपिल प्रज्ञा पुस्तकालयको दोस्रो साधारणसभा सम्पन्न



भलवाड ।
कपिल प्रज्ञा पुस्तकालयको दोस्रो वार्षिक साधारणसभा वाणगंगा ९ को कपिलधाममा सम्पन्न भएको छ । सो साधारणसभामा लुम्बिनी प्रदेश सांसद तथा कार्यक्रमका प्रमुख अतिथि विष्णु पन्थीले मानव चेतनशिल तथा सामाजिक प्राणी भएको हुदा ज्ञानको भण्डार वृद्धि गर्न अध्ययन गर्न पुस्तकालयको महत्त्वपूर्ण भुमिका रहने बताए । उनले कपिल प्रज्ञा पुस्तकालय वाणगंगा नगरको पर्यटकीय तथा बौद्धिक तवरले गौरवको बिषय भएको हुदा आफुले पनि आफ्नो ठाउबाट सहयोग पुराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा वडा अध्यक्ष धुर्ब बेल्बासेले कपिल आरोग्य मन्दिर कपिलधाममा रहेका साहित्य तिर्थ स्थल, त्रिरत्न बुद्ध विहार , प्रज्ञा पुस्तकालय सबैको सुन्दरताको लागि वडा न.९ ले समन्वय गर्दै आएको भन्दै कपिल प्रज्ञा पुस्तकालयलाई समय सापेक्ष प्राबिधिक मैत्री बनाउदै लैजानु पर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा बाल कवि जोशीका कडेल लगायत आधा दर्जन साहित्यक स्रस्टाका कविहरुल्रे देशको समसामयिक परस्थिती सँग सम्बन्धित रहेका विभिन्न रचना वाचन गरेका थिए ।
कार्यक्रमको विषय बस्तुमाथी पुस्तकालयका अध्यक्ष इन्द्र बहादुर कोइरालाले प्रकाश पारेका थिए भने वार्षिक प्रतिवेदन सचिव दुर्गा प्रसाद पौडेल र कोषाध्यक्ष शान्ता खनालबाट गत आ ब २०७६÷०७७ को कुल १ लाख ९० हजार बराबरको आय ÷ब्यय सार्बजनकिकरण गरिएको थियो । कार्यक्रममा कपिलधामका सल्लाहकार हरिराज घिमिरे कपिलधामका अध्यक्ष शंकर प्रसाद आचार्य कपिलवस्तु न पा ९का वडा अध्यक्ष शिव वाग्ले समाजसेबि देवराज पान्डे लगायतले साधारणसभाको सफलताको शुभकामना दिएका थिए ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया