

आरन पेसाबाट जिविकोपार्जन

भलवाड ।
पछिल्लो समय नेपाली समुदायमा आफ्नो पुख्र्याैली पेसालाई निरन्तरता दिनेहरु कमै भेटिन्छन् । पुराना पुस्ताले अँगालेका पेशा व्यवसायहरुलाई परिवार भित्रका नयाँ पुस्ताका सदस्यहरुले बिर्संदैँ जादाँ नेपालमा त्यस्ता कैयौँ पेसा संकटमा पर्ने गरेका छन भने कतिपय स्थानमा लोप पनि भईसकेका छन् ।
बढ्डो आधुनिकताका बिचमा पनि कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ९ का ईन्द्र बहादुर बि.कले भने आफ्नो पुख्र्याैली कामको रुपमा रहेको आरन पेसालाई निरन्तरता दिदैँ आएका छन् । उनको आरन पेसा कामको निरन्तरता मात्रै छैन त्यसैबाट आम्दानी पनि गर्दै आएका छन् ।
वाणगंगा नगरपालिका वडा नम्बर ९ भर्लाबास स्थित उत्तमनगर टोलमा बस्ने इन्द्र बहादुर बि.कले आरन पेसालाई अहिलेसम्म पनि निरन्तरता दिदै आएको सुनाए । वर्तमान समय आधुनिक प्रविधि र उपकरणको युग भए पनि आफ्नो पेसामा कुनै कमी नआएको उनको भनाई छ ।
पहिले देखि नेपाली समाजमा चल्दै आएको बालिघरे चलन पनि अहिले पनि कायमै रहेको बताउँने बि.कले वार्षिक प्रति घर ८ देखि १० पाथी अन्न पाउने गरेको सुनाए । वडा नम्बर ९ को वडा कार्यालयले पनि आरन पेसालाई संरक्षण गर्न र उनीहरुलाई व्यवसायिक बनाउन लक्षित वर्गको योजनामा समावेश गरेको छ । आरन व्यवसायीहरुलाई आवश्यक पर्ने उपकरण र सामाग्री अन्र्तगत १ थान पंखा, १ थान गेलेन्डर मेसिन र १ थान घन प्रदान गरि लोप हुन लागेको आरान व्यावसायलाई सहयोग गरेको छ । उत्तमनगरका आरन व्यवसायी विकले दिनभरी आरन चलाएरै घरायसी हातहतियार बनाउँदै आफ्नो जिविका चालाएका छन भने आरान पेसाबाटै ५ जना परिवारलाई जिबिकोपार्जन भईरहेको बताए ।
भलवाडमा आरन व्यवसाय गर्नेहरु धेरै रहेका छन् । पछिल्लो समय आधुनिक मेसिनरी साधनका माध्यमबाट छिटोछरितो आरनबाट हुने काम विभिन्न उद्योगहरुबाट हुने गरेको भए पनि ग्रामिण वस्तिका नागरिकहरुमा आरन संचालकहरुले बनाएका हतियार बिना दैनिकी नै अफ्ठ्यारो पर्ने हुँदा पनि आरन व्यवसाय कहिलै संकटमा नपर्ने पेसा बनेको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया