सुरु भयो बनगाई–डोहोटे सडक कालोपत्रेको काम

कपिलवस्तु ।
पूर्व पश्चिम राजमार्ग जोडने कपिलवस्तुको भलवाड स्थित बनगाई डोहोटे सडकको कालो पत्रेको काम आज देखि सुरु भएको छ ।
बाणगंगा न.पा.९ को पडरिया देखि कालोपत्रेको काम सुरु भएको हो । एक वर्षमा काम सक्ने गरि जिम्मेवारी पाएको भिमेश्वर कन्ट्रक्सनले बाटो विस्तारको काम कोभिड –१९ का कारण सुस्त गतिमा अगाडी बढाएको थियो। लामो समय देखि नाम चेलेको तर काम हुन नसकेको सडको रुपमा रहेको बनगाई डोहोटे सडक पक्की बन्न थालेपछि कपिवस्तुको भलवाडवासी र अर्घाखाँचीको शितगंगा बासी अहिले भने खुसी भएका छन् ।

हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे भई यात्रामा अनेकौँ सास्ती खेपेका सडक खण्डका छेउछाउमा बसेका स्थानीय वासी सडक पक्की बन्न थालेपछि अझबढी खुसी देखिएका छन् । १३ कि.मी. लम्बाई रहेको बनगाई डोहोटे सडक खण्ड लुम्बिनी प्रदेश सरकार र केन्द्र सरकारको संयुक्त बजेटबाट अहिले कालोपत्रे हुन लागेको हो । सडकको दाँया बाँया ११ मिटर चौडा रहने र ७ मिटर कालो पत्रे हुने ठेकेदार कम्पनीले जनाएको छ । कपिलवस्तु र अर्घाखाँची जिल्लालाई जोड्ने छोटो दुरीको सडकको रुपमा रहेको बनगाई डोहोटे सडक खण्ड पक्की बनेपछि भने गोरुसिंगे, पत्थरकोट, पिरापानी हुदैँ डोहोटे र सन्धिखर्क पुग्नु पर्ने बाध्याता हटने विस्वास लिएको वडा सदस्य नुमलाल थारुले बताएका छन् ।  
त्यस्तै भारतीय बजारदेखि अर्घाखाँची लगायतका जिल्लामा व्यापारीक कारोवार गर्नका लागि पनि यो सडक सस्तो, सुलभ र छोटो हुने अपेक्षा लिएको छ । यो सडक बनेपछि भारतको खुनुवा नाका हुँदै तिलौराकोट, जगदिशपुर ताल, लक्ष्मणघाट, कपिलधाम हुँदै अर्घाखाँचीको सुपादेउराली मन्दिरको दर्शन र रमणिय मनमोहक ठाँउ नरपानी पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई राम्रो पर्यटकिय मार्गको रुपमा विकास गर्न सकिने वडा अध्यक्ष धुव्र वेल्वासेको भनाई छ ।
अहिले सो सडक खण्डको उत्तरी क्षेत्र भलवाडको पडरियाबाट कालोपत्रेको काम थालिएको हो । आगामी जेठ मासान्त सम्म काम सक्नुपर्ने समय सीमा रहेको भए पनि त्यस अगावै काम सम्पन्न हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

खबर सबै