

कांग्रेस क्रियाशिल सदस्य भट्टराईको गयराती निधन, लक्ष्मणघाटमा अन्त्यष्टि गरियो



साउन २८ कपिलवस्तु नेपाली कांग्रेसका क्रियाशिल सदस्य छविलाल भट्टराईको गयराती निधन भएको छ । कपिलवस्तुको वाणगंगा नगरपलिका वडा नम्बर ७ मोतिपुर निवासी भट्टराईको गयराती निधन भए पनि आज बिहान अन्त्यष्टि गरिएको छ । स्वर्गिय भट्टराई वि.सं. १९९५ फाल्गुण १९ गते अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका ठाडामा जन्मनुभएको थियो । लामो समय सम्म नेपालको प्रजातान्त्रिक राजनितिक आन्दोलनमा सहभागि हुँदै पछिल्लो समय नेपाली कांग्रेसको क्रियाशिल सदस्यको रुपमा जिल्लाको वाणगंगाको कांग्रेस राजनितिमा सक्रिय रहनुभएको कांग्रेस वडा कार्यसमितिले जनाएको छ । भट्टराई वि.स. २०२८ सालमा अर्घाखाँचीबाट बसाईसराई गरी कपिलवस्तुको मोतिपुरमा स्थायी बसोबासका लागि आउनुभएको थियो । उहाँ झण्डै दुई दशक कुलापानीको सहायक बडघर सम्हाल्दै, करिब ८ वर्ष सम्म स्थानिय दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षको रुपमा रही पनि काम गर्नुभएको थियो । भट्टराईका दुई छोरी र तीन छोराहरु रहनुभएको छ ।
स्वर्गीय भट्टराईको आज लक्ष्मणघाटमा अन्तिम श्रदान्जली प्रकट गरिएको छ । कांग्रेस क्षेत्रीय सदस्य दुर्गा केसीले पार्टीको झण्डा ओडाएर उहाँप्रति अन्तिम श्रद्धान्जली प्रकट गरी दाहसंस्कार भएको हो । भट्टराईको अन्त्यष्टिका लागि नेपाली कांग्रेस वडा नम्बर ७ वडा सभापति तेजबहादुर पछाई र वडा सचिव छत्रमणी पाण्डेको सहजीकरणमा श्रद्धान्जी शभा सम्पन्न भएको थियो ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया