

विप्लवलाई हाम्रो पार्टीमा स्वागत गर्न प्रतिक्षामा छु : प्रचण्ड



काठमाण्डौ
नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेक्रविक्रम चन्द ‘विप्लव’लाई आफ्नो पार्टीमा स्वागत गर्न चाहेको बताउनुभएको छ ।
पेरिसडाँडामा भएको पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले आफू हिँडेकै बाटोमा आएकाले विप्लवसँग शान्तिपूर्ण राजनीतिमा सँगसँगै हिँड्न सकिने बताउनुभयो । विप्लव शान्तिपूर्ण राजनीतिमा आएकोमा खुसी व्यक्त गर्दै प्रचण्डले अब एउटै पार्टीमा रहेर काम गर्ने इच्छा रहेको बताउनुभयो ।
‘विप्लव अन्ततःमैले कोरेकै गोरोटोमा आइपुग्नु भएको छ । उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु, र छिट्टै यस्तो कार्यक्रममा स्वागत गर्ने प्रतिक्षामा छु’, प्रचण्डले भन्नुभयो । प्रधानमन्त्री केपी शर्माप्रति आक्रोसित देखिएका प्रचण्डले ओलीमा एउटामा मान्छेमा हुने न्यूनतम नैतिकता पनि नभएको आरोप लगाउनुभयो ।
कार्यक्रममा समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले फुर्ति देखाउने दिन गएको बताउनुभयो । अहिले राजीनामा दिएको भए प्रधानमन्त्री ओलीमा नैतिकताको थोरै भए पनि अंश देखिने तर राजीनामा नदिएर आफूलाई नैतिकहीन प्रमाणित गरेको नेपालको आरोप छ ।


खबर सबै
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?






प्रतिक्रिया