

प्यूठानकै पहिलो चिस्यान केन्द्र माण्डवी गाउँपालिकामा संचालन



प्यूठान ।
किसानको सुविधाका लागि प्यूठानमा चिस्यान केन्द्र सञ्चालन गरिएको छ। स्थानीयस्तरमा कृषि उत्पादन बढ्दै जाँदा जिल्लाको माण्डवि गाउपालिकाले देविस्थानमा जिल्लाकै पहिलो चिस्यान केन्द्र सञ्चालनमा ल्याएको हो ।
लुम्बिनी प्रदेश सरकार र माण्डवी गाउँपालिकाको साझेदारीमा चिस्यान केन्द्र स्थापना गरिएको माण्डवि गाउपालिकाले जनाएको छ । एक सय म्याट्रिक टन क्षमता रहेको चार कोठे चिस्यान केन्द्र १ करोड १२ लाख ५८ हजार ८ सय १८ रुपैयाँ लागतमा निर्माण भएको पालिकाका अध्यक्ष श्रीधर रोकाले जानकारी दिएका छन् । चिस्यान केन्द्रले कृषक, उपभोक्ता र व्यापारीलाई फाइदा पुग्ने उहाले बिश्वास ब्याक्त गरे ।
जिल्लामा चिस्यान केन्द्र नहुँदा उत्पादन गरेका कृषिजन्य बीउहरूलाई भैरहवा, दाङ लगेर स्टोर गर्नु पर्ने समस्या रहेको थियो। अब गाउँमै खुलेको चिस्यान केन्द्रमा जम्मा गरेर उत्पादित कृषीउपज बिक्री गर्न सहज भएको किसानले बताएका छन् । एक सिजनको प्रति केजी ५ रूपैयाँको दरले शुल्क निर्धारण गरेको समेत रोकाले जानकारी दिए ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया