

मन्त्रीमाथि पेट्रोल बम प्रहार, अवस्था गम्भीर




काठमाडौं
भारत पश्चिम बंगालका श्रम मन्त्री जाकिर हुसेनमाथि पेट्रोल बम प्रहार भएको छ । बम प्रहारबाट हुसेन गम्भीर घाइते भएका छन् । उनलाई मुर्सिदावाद मेडिकल कलेजमा भर्ना गरिएको छ ।
मुर्सिदावाद जिल्लाको निमटिटा स्टेशनबाट कोलकाता जानका लागि रेल चढ्न जाँदै गर्दा अज्ञात व्यक्तिले मन्त्री हुसेनमाथि बम प्रहार गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
बम प्रहारको भारतभर निन्दा भइरहेको छ ।
यसैबीच भारतका पूर्व केन्द्रीय मन्त्री एवम् कांग्रेस नेता क्याप्टेन सतिश शर्माको निधन भएको छ । उनको ७३ वर्षको उमेरमा बुधबार गोवामा निधन भएको हो ।
उनी सन् १९९३ देखि १९९६ सम्म पेट्रोलियम एवम् प्राकृतिक ग्यास मन्त्री बनेका थिए ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया