

आज फेरि एकरात अनिदो बित्यो





– पुस्कर भुसाल
कति सजिलो छ है कसैलाई अर्ति बुद्धि दिन । हो, कुनैबेला मैले नै भन्ने गर्थे केही कुरा सोचेर ती कुराले आफुलाई रोकिरहेको छ भने त्यो कुरा सोच्नै छोड्ने हो त्यही कुरालाई लिएर बारम्बार टोलाइरहने हैन । ती मान्छेहरुले भन्थे तेरो पालो आएपछी थाहा पाउलास ।
मलाई लाग्थ्यो कुराहरु सम्झन पो गाह्रो हो त बिर्सन त सजिलै छ नि तर केही कुराहरु कहाँ पाठ्यक्रम जस्ता हुन्छन र । केही कुराहरु हुन्छन जसलाई हामी चाहेर पनि भुलाउन सक्दैनौ । तिमी र तिम्रो प्रेम पनि त्यस्तै हो । तिमि, आज म यो कथामा पनि तिमिलाई तिमी नै भनेर सम्बोधन गर्छु किनकी मेरी भन्ने अधिकार तिमिले दिएकी छैनौ, नामको प्रयोग गर्नु भन्दा सर्वनाम कै प्रयोग उचित होला ।
उसो त तिमिलाई प्रेम गर्न लागेको धेरै भएको छैन तर प्रेम भैसके पछि समयले कुनै महत्त्व नराख्ने रहेछ । चाहे एक दिन होस, एक महिना, एक बर्ष, एक दशक वा एक युग प्रेम त भएकै हो नी, प्रेम त गरिएकै हो । प्रेम गरिसके पछि दोहोरो प्रेमको अपेक्षा राख्नु स्वभाविक नै हो तर ती अपेक्षाहरु दिने पीडा सहन गर्न नसक्नु पनि त कमजोरी नै हो । हो, आज म तिनै कमजोरीहरुको सिकार भएको छु । तिमीसँग प्रेम भैसकेपछी कुनै ढिलो नगरी मैले तिमी सँग प्रेम प्रस्ताव राखेँ । जब जब मैले तिमिलाई प्रेम गर्छु भन्थे तब तब तिमिले बडो सुन्दर तरिकाले त्यसलाई नकारी दिन्थ्यौ ।
तर मैले हार मानेको थिइन । म सोच्थे यति सजिलै मिल्यो भने त प्रेम गराइको आनन्द नै आउदैन । कुराहरु अगाडी बढ्दै गए । रातहरु सकिएर कुरा गर्दा गर्दै बिहान भए तर तिमिलाई म सँग प्रेम भएन । मैले यति त्यति प्रेम गर्छु वा तिम्रो प्रेमको लागि यो गर्छु त्यो गर्छु भन्दिन तर ती रातहरुलाई थाहा छ मेरो छटपटि मेरो सिरानीलाई थाहा छ मेरा आसुको स्वाद । तिमिले सुन्दर सपना देखेर निदाएको मा मलाई कुनै गुनासो छैन तर रात मेरो पनि हो निदाउन मैले पनि पाउनु पर्छ ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया