

बीबीसी वर्ल्ड न्यूजको टेलिभिजन प्रसारणमा रोक






काठमाण्डाै
चीनले बीबीसी वर्ल्ड न्यूजको टेलिभिजन प्रसारण बन्द गरेको छ ।
कोरोना भाइरस महामारी र आदिवासी उइगर अल्पसङ्ख्यकविरुद्ध गरिएको दमनबारे बीबीसीले गरेको रिपोर्टिङ्गको चीनले आलोचना गर्दै आएको थियो । यहीक्रममा चीनले बिबिसी वर्ल्ड न्यूजको टेलिभिजन प्रसारण बन्द गरेको हो ।
चिनियाँ नियामक निकायले “समाचार सत्य र निष्पक्ष हुनुपर्ने तथा चिनियाँ राष्ट्रिय स्वार्थमा हानि पुर्याउन नहुने“ सहितका प्रसारणसम्बन्धी निर्देशिकाहरूको बीबीसी वर्ल्ड न्यूजले “गम्भीर रूपमा उल्लङ्घन“ गरेको जनाएको छ । उसले अर्को वर्ष प्रसारणका लागि बीबीसीले मागेको अनुमति स्वीकार नहुने पनि स्पष्ट पारेको छ ।
बीबीसीले भने चिनियाँ सरकारको निर्णयबाट आफू “निराश“ भएको प्रतिक्रिया दिएको छ । बेलायतमा चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) को प्रसारण अनुमति खारेज गरेपछि चीनले पनि बीबीसीको प्रसारण सेवा बन्द गरेको हो ।
बीबीसीले प्रसारणमा लागेको प्रतिबन्धप्रति खेद व्यक्त गर्दै आफ्नो सेवा विश्वकै सबैभन्दा विश्वसनीय अन्तर्राष्ट्रिय समाचार माध्यम भएको दाबीसमेत गरेको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया