

कपिलवस्तुको बुङ्चिमा बस दुर्घटना, यात्रुहरु घाईते



कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिका स्थित सिद्धार्थ क्याम्पस अगाडी यात्रुवाहक बस पल्टिएको छ ।
प्रहरीका अनुसार बसमा सवार यात्रुहरु सबै घाईते भएका छन भने उनीहरुलाई स्थानिय अस्पतालमा उपचारका लागि पठाइएको छ ।
दाङबाट काठ्माण्डौँका लागि छुटेको ना ६ ख ३५२१ नम्बरको बस शुक्रबार अपराह्न्न बुङ्चि स्थित शिद्धार्थ क्याम्पस नजिकै सडकको वायाँ तर्फ पल्टिएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङले जानकारी दिनुभयो ।
घटनाको थप विवरण आउन अझै बाकीँ रहेको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यो समाचार तयार पार्दा सम्म सबै यात्रुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
बसमा कति यात्रु थिए भन्ने अझै नखुलेको पिपरा प्रहरीले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया