

ओली समूहको र्याली पञ्चहरूको जस्तो मात्रै हुनेछ : प्रचण्ड



काठमाण्डाै
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डौमा ठूलो आन्दोलन गर्नुपर्ने बेला आएको बताउनुभएको छ ।
साेमबार पेरिसडाँडामा प्रदेश नम्बर २ का अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले माघ ९ गतेको भन्दा पनि विशाल प्रदर्शन २८ गते हुने र यसले प्रतिगामीहरूको चेत खुलाउने दाबी गर्नुभयो । ‘बाहिरी सहरमा गरेको आन्दोलनले भन्दा काठमाण्डौमा भएको आन्दोलनले उनीहरूलाई धक्का पुग्ने देखियो, काठमाण्डौ टाउको हो, त्यसैले टाउकोमा नै धक्का दिने गरि २८ गते आन्दोलन हुन्छ’, प्रचण्डले भन्नुभयो ।
गएकाे माघ ९ गतेको प्रदर्शनपछि नागरिकमा प्रतिगमनविरुद्ध जागरुक हुने गरि सन्देश गएको उहाँको भनाइ छ । आफूहरूको प्रदर्शन देखेर ओली समूह आत्तिएको र त्यसको काउण्टरमा प्रदर्शन गर्न लागेको तर ओली समूहको र्याली पञ्चहरूको भन्दा फरक नहुने प्रचण्डको जिकिर छ ।
‘पहिले राजा, पञ्चहरूले पनि अन्तिम समयमा यस्तै र्याली गर्थे, अहिले ओलीले त्यही गर्दै हुनुहुन्छ, तर संविधान मिचेको खुसीमा हुने त्यो र्याली पञ्चहरूको भन्दा फरक हुने छैन’, प्रचण्डले भन्नुभयो ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया