
ओली समूहको र्याली पञ्चहरूको जस्तो मात्रै हुनेछ : प्रचण्ड

काठमाण्डाै
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डौमा ठूलो आन्दोलन गर्नुपर्ने बेला आएको बताउनुभएको छ ।
साेमबार पेरिसडाँडामा प्रदेश नम्बर २ का अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले माघ ९ गतेको भन्दा पनि विशाल प्रदर्शन २८ गते हुने र यसले प्रतिगामीहरूको चेत खुलाउने दाबी गर्नुभयो । ‘बाहिरी सहरमा गरेको आन्दोलनले भन्दा काठमाण्डौमा भएको आन्दोलनले उनीहरूलाई धक्का पुग्ने देखियो, काठमाण्डौ टाउको हो, त्यसैले टाउकोमा नै धक्का दिने गरि २८ गते आन्दोलन हुन्छ’, प्रचण्डले भन्नुभयो ।
गएकाे माघ ९ गतेको प्रदर्शनपछि नागरिकमा प्रतिगमनविरुद्ध जागरुक हुने गरि सन्देश गएको उहाँको भनाइ छ । आफूहरूको प्रदर्शन देखेर ओली समूह आत्तिएको र त्यसको काउण्टरमा प्रदर्शन गर्न लागेको तर ओली समूहको र्याली पञ्चहरूको भन्दा फरक नहुने प्रचण्डको जिकिर छ ।
‘पहिले राजा, पञ्चहरूले पनि अन्तिम समयमा यस्तै र्याली गर्थे, अहिले ओलीले त्यही गर्दै हुनुहुन्छ, तर संविधान मिचेको खुसीमा हुने त्यो र्याली पञ्चहरूको भन्दा फरक हुने छैन’, प्रचण्डले भन्नुभयो ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया