
जसपा र लोकतान्त्रिक पार्टीबीच भयो एकता

ललितपुर । जनता समाजवादी पार्टी नेपाल र नेपाल लोकतान्त्रिक पार्टी बीच एकीकरण भएको छ । विजय गच्छदार नेपाली कांग्रेस प्रवेश गरेपछि शिवलाल थापाको नेतृत्वमा पुनर्गठन गरिएको लोकतान्त्रिक पार्टीलाई जसपाका शीर्ष नेताहरूले आइतबार जसपामा प्रवेश गराएका हुन् ।
ललितपुरमा आयोजित एक कार्यक्रममा जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेता राजेन्द्र महतोले थापासँग पार्टी एकीकरण गरेको घोषणा गरेका थिए ।
लोकतान्त्रिक पार्टीका तर्फबाट थापाले एकीकरणमा सहमति गरेका हुन् । जसपाका नेताहरूले वैकल्पिक शक्ति बनाउने जसपाको अभियानमा थापासँगको एकीकरणले मद्दत पुगेको बताए । अध्यक्ष ठाकुरले कांग्रेस, कम्युनिस्टले लोकतान्त्रिक आचरण बिर्सिएको भन्दै सबै नेपालीलाई समेटिने गरी जसपाले विकल्प दिन अघि बढेको दाबी गरे ।
जसपाका अर्का अध्यक्ष यादवले प्रधानमन्त्रीले प्रतिगमन गरेको भन्दै सबै मिलेर अघि बढ्न आग्रह गरे । वरिष्ठ नेता महतोले वृहत् लोकतान्त्रिक शक्ति निर्माणमा थापाको नेतृत्वको पार्टी जसपासँग एकीकरण गरेर अघि बढेकोमा खुसी व्यक्त गरे ।
थापाले आफ्नो नेतृत्वमा पार्टीको केन्द्रदेखि स्थानीय तहसम्मका सबै पार्टी निकाय आजदेखि जसपासँग एकीकृत भएको र अब जसपाको ब्यानरमा आफूहरूले राजनीति गर्ने बताए ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया