

जसपा र लोकतान्त्रिक पार्टीबीच भयो एकता



ललितपुर । जनता समाजवादी पार्टी नेपाल र नेपाल लोकतान्त्रिक पार्टी बीच एकीकरण भएको छ । विजय गच्छदार नेपाली कांग्रेस प्रवेश गरेपछि शिवलाल थापाको नेतृत्वमा पुनर्गठन गरिएको लोकतान्त्रिक पार्टीलाई जसपाका शीर्ष नेताहरूले आइतबार जसपामा प्रवेश गराएका हुन् ।
ललितपुरमा आयोजित एक कार्यक्रममा जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेता राजेन्द्र महतोले थापासँग पार्टी एकीकरण गरेको घोषणा गरेका थिए ।
लोकतान्त्रिक पार्टीका तर्फबाट थापाले एकीकरणमा सहमति गरेका हुन् । जसपाका नेताहरूले वैकल्पिक शक्ति बनाउने जसपाको अभियानमा थापासँगको एकीकरणले मद्दत पुगेको बताए । अध्यक्ष ठाकुरले कांग्रेस, कम्युनिस्टले लोकतान्त्रिक आचरण बिर्सिएको भन्दै सबै नेपालीलाई समेटिने गरी जसपाले विकल्प दिन अघि बढेको दाबी गरे ।
जसपाका अर्का अध्यक्ष यादवले प्रधानमन्त्रीले प्रतिगमन गरेको भन्दै सबै मिलेर अघि बढ्न आग्रह गरे । वरिष्ठ नेता महतोले वृहत् लोकतान्त्रिक शक्ति निर्माणमा थापाको नेतृत्वको पार्टी जसपासँग एकीकरण गरेर अघि बढेकोमा खुसी व्यक्त गरे ।
थापाले आफ्नो नेतृत्वमा पार्टीको केन्द्रदेखि स्थानीय तहसम्मका सबै पार्टी निकाय आजदेखि जसपासँग एकीकृत भएको र अब जसपाको ब्यानरमा आफूहरूले राजनीति गर्ने बताए ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया