

कपिलवस्तु नगरपालिकाले थप्यो चार दिन विदा



कपिलवस्तु ।
जाडो बढे पछि कपिलवस्तु नगरपालिकलले थप ४ दिनकालागि बिद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
शीतलहरका कारण जाडो बढे पछि पठनपाठनमा समस्या भएको भन्दै कपिलवस्तु नगरपालिकाका विद्यालयमा जाडो बिदा थप गरिएको हो ।
यस अघि माघ ८ देखि माघ १० सम्मकालागि नगरपालिकामा रहेका सबै सरकारी र निजी बिद्यालयहरु बन्द गरिएको थियो । नगर शिक्षा समितिको निर्णय अनुसार पुन : ४ दिनकालागि जाडो बिदा थप गरिएको नगरपालिका शिक्षा ईकाईका उप सचिव हरि प्रसाद ज्ञवालीले बताउनुभयो ।
अब कपिलवस्तु नगरपालिकामा माघ १५ देखि बिद्यालय संचालन हुने छन् । तराईमा लगातारको शितलहरका कारण बिदा गरिएको ज्ञवालीले बताउनुभयो । जाडोका कारण विद्यालयमा अध्ययन गर्ने प्राथामिक तहका स–साना बिद्यार्थीहरु बढी प्रभावित बनेका छन् । बिद्यार्थीहरुको न्युन उपस्थितिले गर्दा पठनपाठन समेत प्रभावकारी हुन नसकेको शिक्षकहरुले समेत बताएका छन् ।
उता कपिलवस्तुको मायादेबबी गाउपालिमा समेत बिद्यालयमा ३ दिनकालागि जाडो बिदा दिइएको छ । गाउपालिका शिक्षा शाखाका प्रमुख अमिन प्रसाद कुर्मीले सुचना निकाल्दै गाउपालिका भित्र रहेका सबै बिद्यालयमा ३ दिनकालागि बन्द गर्ने जनाउनुभएको छ ।
माघको सूरु देखि नै कपिलवसतुमा पश्चिीमि वायुको प्रभावका कारण बिहानको समयमा बाक्लो हुस्सु सँगै शितलहर भईरहेको छ भने चिसो हावा सँगै दिउसोको समयमा पनि राम्रो सँग घाम नलाग्दा विद्यालय उमेरका वालवालिकाहरु प्रभावित भईरहेका छन् ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी












प्रतिक्रिया