प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा : आज पनि सुनुवाइ जारी

काठमाडौँ

प्रतिनिधिसभा विघटनविरुद्धकाे मुद्दामा आज पनि सर्वोच्च अदालतमा बहस हुँदैछ । प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक रहेकाे भनी परेका १३ रिट निवेदनमाथि निरन्तर सुनुवाइ जारी छ । सर्वाेच्चकाे संवैधानिक  इजलासमा आज पनि रिट निवेदकका तर्फबाट नै कानून व्यवसायीहरूले बहस गर्दै छन् ।

यसअघि शुक्रबार पनि रिट निवेदकका तर्फबाट बहस भएकाे थियाे । बसह नसकिएपछि सुनवाइ हेर्दाहेर्दैमा राखेको थियो । शुक्रबारको सुनुवाइमा अधिवक्ता राजुप्रसाद चापागाईं, कोपिल प्रसाद अधिकारी, सुलोचना धिताल, उमेश प्रसादलगायतले रिट निवेदकहरूका तर्फबाट बहस गरेका थिए । आजकाे सुनुवाइमा पनि रिट निवेदकहरूकै वकिलले बहस गर्नेछन् ।

उक्त मुद्दामा दर्ता भएका १३ वटा रिटमध्ये शुक्रबारसम्म ५ वटा रिट निवेदनको सुनुवाइ सकिएको छ । अहिले सम्मका बहसमा कानुन व्यवसायीहरुले प्रतिनिधिसभा विघटन पूर्णतः असंवैधानिक कदम भएकाले त्यसलाई सर्वोच्च अदालतले खारेज गर्नुपर्ने र संसद पुनर्स्थापित हुनुपर्ने तर्क गरेका छन् । साथै बहस प्रधानमन्त्रीकाे विशेषाधिकारमा समेत केन्द्रित भएकाे थियाे, जसअनुसार संसद विघटनकाे अधिकार नेपालकाे संविधानले प्रधानमन्त्रीलाइ नदिएकाे तर्क उनीहरूले गरेका छन् ।

गत पुस ५ गते प्रधानमन्त्रीकाे सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटनकाे घाेषणा गर्नुभएकाे थियाे ।

प्रतिक्रिया

खबर सबै