
प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा : आज पनि सुनुवाइ जारी

काठमाडौँ
प्रतिनिधिसभा विघटनविरुद्धकाे मुद्दामा आज पनि सर्वोच्च अदालतमा बहस हुँदैछ । प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक रहेकाे भनी परेका १३ रिट निवेदनमाथि निरन्तर सुनुवाइ जारी छ । सर्वाेच्चकाे संवैधानिक इजलासमा आज पनि रिट निवेदकका तर्फबाट नै कानून व्यवसायीहरूले बहस गर्दै छन् ।
यसअघि शुक्रबार पनि रिट निवेदकका तर्फबाट बहस भएकाे थियाे । बसह नसकिएपछि सुनवाइ हेर्दाहेर्दैमा राखेको थियो । शुक्रबारको सुनुवाइमा अधिवक्ता राजुप्रसाद चापागाईं, कोपिल प्रसाद अधिकारी, सुलोचना धिताल, उमेश प्रसादलगायतले रिट निवेदकहरूका तर्फबाट बहस गरेका थिए । आजकाे सुनुवाइमा पनि रिट निवेदकहरूकै वकिलले बहस गर्नेछन् ।
उक्त मुद्दामा दर्ता भएका १३ वटा रिटमध्ये शुक्रबारसम्म ५ वटा रिट निवेदनको सुनुवाइ सकिएको छ । अहिले सम्मका बहसमा कानुन व्यवसायीहरुले प्रतिनिधिसभा विघटन पूर्णतः असंवैधानिक कदम भएकाले त्यसलाई सर्वोच्च अदालतले खारेज गर्नुपर्ने र संसद पुनर्स्थापित हुनुपर्ने तर्क गरेका छन् । साथै बहस प्रधानमन्त्रीकाे विशेषाधिकारमा समेत केन्द्रित भएकाे थियाे, जसअनुसार संसद विघटनकाे अधिकार नेपालकाे संविधानले प्रधानमन्त्रीलाइ नदिएकाे तर्क उनीहरूले गरेका छन् ।
गत पुस ५ गते प्रधानमन्त्रीकाे सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटनकाे घाेषणा गर्नुभएकाे थियाे ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया