

कपिलवस्तु स्थित वाणगंगा ६ मा रहेको कुखुरा फर्ममा आगोलागी, १५ लाख बराबरको नोक्सान



ई–साझाकुरा संवाददाता, माघ ३
कपिलवस्तु जिल्लाको वाणगंग नगरपालिका वडा नम्बर ६ मा रहेको एक ब्रोईलर कुखुरा फर्ममा आगोलागी भएको छ । राति करिव ११ः४५ बजेतिर विजुलीको तार सर्ट भई आगो लागेको अनुमान गरिएको छ । वाणगंगा नगरपालिका ५ बस्ने हरी पोख्रेलको कुखुराको फर्ममा आगोलागी भएको हो ।

आगोलागीबाट फर्म भित्र सुतेका एक युवक भागेर बाच्न सफल भएका छन् । र्फम भित्र करिब १५ सय पिस कुखुरा रहेका पोख्रेलले बताए । यस्तै फर्म भित्र ५० बोरा दाना, बुटर १ थान तथा दाना र पानिका भाडाहरु सहित करिव १५ लाखको नोक्सान भएको ई–साझाकुरा टिमसगँ कुरा गदैँ पोख्रेलले बताएका छन् । यस्तै आगोलागीबाट फर्ममा रहेको टिनको छानो मध्ये केहि थान टिनहरु पुर्ण रुपमा जलेर नष्ट भएको छ ।

खरले छाएको हुदाँ आगो तिव्र रुपमा फैलिएको थियो , फैलिएको आगोबाट १० मिनेटमा सबै जलेर नष्ट भएको थियो । र्फम खरको छानो र त्यस माथि टिनले छाएको थियो ।
घटना सम्बन्धि कोपवाबाट गएको प्रहरीको टोलिले घटना सम्बन्धि थप अनुसन्धान गरेको जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया