
एक पछि अर्को गदै वाणगंगा क्षेत्रबाट प्रहरीले समाउदै लागु पदार्थ कारोबारी, ठाकुरापुरबाट ब्राउनसुगरसहित समातिए दम्पति


कपिलवस्तु, पुस २६
कपिलवस्तुको बाणगंगा नगरपालिकामा विद्यमान लागु पदार्थ कारोबार रोक्ने कार्यमा सफलता नै सफलता हात पारेको छ यतिबेला इलाका प्रहरी कार्यालय पिपराले । सक्रिय रुपमा लागु पदार्थ नियन्त्रणमा लागेको प्रहरी पछिल्लो समय वाणगंगा क्षेत्रबाट नै धेरै कारोबारी समात्न सफल भएको छ ।
आइतबार पनि वाणगंगा नगरपालिका स्थित वडा नम्बर ४ ठाकुरापुरबाट लागु पदार्थको कारोबारमा संलग्न एक दम्पतिलाई नै प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
स्थानीयले दिएको गोप्य सूचनाको आधारमा प्रहरीले ठाकुरापुरका ४२ बर्षाका पारस विश्वकर्मा र उनकी श्रीमती ३७ बर्षकी आरतीदेवी विकलाई १ ग्राम १ सय ५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको प्रहरी निरिक्षक दिनेश गुरुङले बताउनु भएको छ ।
प्रहरीले दिउसो ४ बजे उनीहरुको घरमा खनतलासी गरेको थियो । उनीहरुको साथबाट नगद ६६ हजार ६ सय १५ रुपैयाँ पनि बरामद गरिएको गुरुङले बताउनु भयो ।
स्थानीयले प्रहरीलाई खबर गरे अनुसार उनीहरु लागु पदार्थ कारोबार गर्ने ठुलै गिरोहसंग संलग्न भएका छन् । थप अनुसन्धानपछि उनीहरुमाथि लागु पदार्थ नियन्त्रण ऐन अन्तर्गत मुद्धा चलाइने तयारी भइरहेको प्रहरीले बताएको छ ।
पछिल्लो समय प्रहरीले आज समातिएका बाहेक वडा नम्बर ४, ७ र ८ बाट ५ जनालाई नियन्त्रणमा लिइसकेको छ । तीमध्ये ३ जनाविरुद्ध मुद्धा चलिसकेको पनि प्रहरीले जनाएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया