

बेलायत प्रवेशका गर्न अब कोरोना नेगेटिभ रिपोर्ट अनिवार्य





एजेन्सी ।
अरु देशबाट बेलायत पुग्नेले कोरोना भाइरस ९कोभिड(१९०को नेगेटिभ रिपोर्ट लिएरमात्रै प्रवेश पाउने भएका छन् ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले अरु देशबाट बेलायत पुग्ने सबै यात्रुलाई कोरोनाको नेगेटिभ रिपोर्ट अनिवार्य भएको बताएका हुन् । उनले यसबारेमा विस्तृत जानकारी छिट्टै दिने बताएका छन् ।
बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार तीब्रगतिमा फैलन थालेपछि सरकारले कडाई गर्दै मंगलबारदेखि फेब्रुअरी मध्यसम्मको लागि लकडाउनको घोषणा गरेको छ । लकडाउनसँगै उसले त्यहाँ प्रवेशका लागि थप कडाई गरेको हो ।
लकडाउन लागु भएसँगै मंगलबारदेखि कोही पनि घरबाहिर निस्कन पाएका छैनन् । संक्रमित र अस्पताल भर्ना हुनेको संख्या बढिरहेको छ ।
यस्तै प्रधानमन्त्री जोनसोनले अर्को महिनाको मध्यदेखि संवेदनशील शीर्ष चार समूहलाई कोरोना विरुद्धको खोप दिन सुरु गर्ने बताए । उनका अनुसार हेरचाह केन्द्रमा रहेका व्यक्ति, ७० वर्ष नाघेका वृद्धवृद्धा, सामाजिक र स्वास्थ्य क्षेत्रमा अग्रस्थानमा रहेर कार्यरत कर्मचारी र जोखिमयुक्त मानिएका व्यक्तिलाई खोपको पहिलो डोज दिइनेछ।
डाउनस्ट्रिटमा बोल्दै प्रधानमन्त्री जोनसनले बुधबार सबेरै कानुनको रुपमा लागु हुनु अघि नै लकडाउन पालना गर्न पनि सबैसँग अनुरोध गरेका हुन् ।
बेलायतका चीफ मेडिकल अफिसर क्रिस विट्टीका अनुसार इङल्याण्डमा मात्रै ५० मध्ये एक जनामा कोरोना संक्रमण छ । उनले सन् २०२० को अन्तिम दुई हप्तामा बेलायतमा संक्रमितको संख्या ७० प्रतिशतले बढेको जानकारी पनि दिए ।
कोरोना भाइरसको नयाँ प्रकार बेलायतको सबै हिस्सामा फैलिरहेको भन्दै सचेत हुन पनि उनले सबैसँग आग्रह गरेका छन् । बेलायतमा अहिलेसम्म २७ लाख ७४ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।
जसमध्ये ७६ हजारको मृत्यु भएको छ । त्यहाँ गएको २४ घण्टामा मात्रै ६० हजार बढी संक्रमित थपिँदा ८ सयको मृत्यु भएको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया