गौतम र प्रचण्ड बिच खुमलटारमा छलफल

काठमाडौं , पुस १७

नेकपामा विभाजनपछि वरिष्ठ नेता वामदेव गाैतम पुनः छलफलमा सक्रिय हुन थालेका छन् । पार्टीमा देखिएकाे अनाैपचारिक विभाजनसँगै अहिलेसम्म तटस्थ रहँदै आएका नेता गौतम शुक्रबार भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास पुगेर छलफल गरेकाे स्राेतकाे भनाइ छ ।

खुमलटारस्थित प्रचण्ड निवास पुगेर नेकपा उपाध्यक्ष समेत रहेका नेता गाैतमले प्रचण्डसँग गाेप्य छलफल थालेका हुन्  । तर छलफलमा के कुरा भयाे भन्ने खुलाइएकाे छैन । राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरू भएकै दिन वामदेवकाे याे सक्रियतालाइ अर्थपूर्ण रूपमा हेरिएकाे छ  । किनभने नेकपाकै प्रचण्ड-नेपाल समूहका राष्ट्रिय सभा सदस्यहरूले प्रतिनिधि सभा विघटनविरूद्ध आवाज उठाउने बताइरहेका छन् । वामदेव पनि राष्ट्रिय सभा सदस्य छन् । तर उनकाे मनशाय भने अझै पनि पार्टीलाइ एकढिक्का बनाउनेतर्फ रहेकाे बताइन्छ ।

प्रतिक्रिया

खबर सबै