
गौतम र प्रचण्ड बिच खुमलटारमा छलफल

काठमाडौं , पुस १७
नेकपामा विभाजनपछि वरिष्ठ नेता वामदेव गाैतम पुनः छलफलमा सक्रिय हुन थालेका छन् । पार्टीमा देखिएकाे अनाैपचारिक विभाजनसँगै अहिलेसम्म तटस्थ रहँदै आएका नेता गौतम शुक्रबार भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास पुगेर छलफल गरेकाे स्राेतकाे भनाइ छ ।
खुमलटारस्थित प्रचण्ड निवास पुगेर नेकपा उपाध्यक्ष समेत रहेका नेता गाैतमले प्रचण्डसँग गाेप्य छलफल थालेका हुन् । तर छलफलमा के कुरा भयाे भन्ने खुलाइएकाे छैन । राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरू भएकै दिन वामदेवकाे याे सक्रियतालाइ अर्थपूर्ण रूपमा हेरिएकाे छ । किनभने नेकपाकै प्रचण्ड-नेपाल समूहका राष्ट्रिय सभा सदस्यहरूले प्रतिनिधि सभा विघटनविरूद्ध आवाज उठाउने बताइरहेका छन् । वामदेव पनि राष्ट्रिय सभा सदस्य छन् । तर उनकाे मनशाय भने अझै पनि पार्टीलाइ एकढिक्का बनाउनेतर्फ रहेकाे बताइन्छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया