

गौतम र प्रचण्ड बिच खुमलटारमा छलफल



काठमाडौं , पुस १७
नेकपामा विभाजनपछि वरिष्ठ नेता वामदेव गाैतम पुनः छलफलमा सक्रिय हुन थालेका छन् । पार्टीमा देखिएकाे अनाैपचारिक विभाजनसँगै अहिलेसम्म तटस्थ रहँदै आएका नेता गौतम शुक्रबार भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास पुगेर छलफल गरेकाे स्राेतकाे भनाइ छ ।
खुमलटारस्थित प्रचण्ड निवास पुगेर नेकपा उपाध्यक्ष समेत रहेका नेता गाैतमले प्रचण्डसँग गाेप्य छलफल थालेका हुन् । तर छलफलमा के कुरा भयाे भन्ने खुलाइएकाे छैन । राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरू भएकै दिन वामदेवकाे याे सक्रियतालाइ अर्थपूर्ण रूपमा हेरिएकाे छ । किनभने नेकपाकै प्रचण्ड-नेपाल समूहका राष्ट्रिय सभा सदस्यहरूले प्रतिनिधि सभा विघटनविरूद्ध आवाज उठाउने बताइरहेका छन् । वामदेव पनि राष्ट्रिय सभा सदस्य छन् । तर उनकाे मनशाय भने अझै पनि पार्टीलाइ एकढिक्का बनाउनेतर्फ रहेकाे बताइन्छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया