
१६ बर्षिय किशोरीको कपिलवस्तुमा शब फेला …

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ मदवा स्थित जवई खोलामा एक १६ बर्षिय किशोरीको शब फेला परेको छ । मदवाका मान बहादुर रोक्काको १६ बर्षिय छोरी दिपा रोक्काको शब फेला परेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले जानकारी दिनुभयो ।
शनिबार घरदेखी हराएकी दिपाको गाँँउ नजिकै खोलामा शब फेला परेको प्रहरीले जनाएको छ । दिउँसो १२ बजे स्थानियले खोला नजिकै घाँस काट्न जादाँ शब देखेपछी प्रहरीलाई खबर गरेका थिए । सो घटनाको विषयमा थप अनुसान्धान भैरहेको प्रहरी निरिक्षक खरेलले बताउनु भयो । घटना स्थलमा प्रहरी पुगेर बालिकाको शब नियन्त्रण लिइ अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।
दिपाको हत्या हो की आत्मा हत्या खुल्न नसकेको प्रहरीले जनाएको छ । दिपा शनीबार देखी घर देखी हराए पनि परिवारले आज मात्र प्रहरीलाई दिपा हराएको खबर गरेको थियो ।



खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया