
यसरी राख्नुस् आफ्नो मोवाइल सुरक्षित ।


पुष ६ सोमवार, मानिसका हातमा एउटा होइन, विभिन्न ब्रान्डका २–३ वटा मोबाइल हुन थालेका छन् । तर, हजारौं मूल्यका यी सामग्री सामान्य कुरामा ख्याल गर्न नसक्दा चाँडै बिग्रन सक्छन् । केही त्यस्ता सामान्य कुरा, जसको ख्याल गर्ने हो भने हाम्रो मोबाइल धेरै वर्ष टिक्न सक्छ :
१) स्क्रिन सधैँ सफा गर्नुपर्छ । हामीले स्क्रिन सफा गर्दा जस्तो पायो त्यस्तै कपडा र सामग्रीले सफा गर्छाैँ, यसो गर्नु हुन्न । सकेसम्म नरम कपडाले स्क्रिन सफा गर्नुपर्छ ।
२) हामी जति वेला पनि वाइफाई खोलेर राख्छौँ । कामका वेला मात्रै वाइफाई खोल्नुपर्छ । जति वेला पनि खोल्दा भाइरस छिर्नेलगायत समस्या उत्पन्न हुन सक्छन् ।
३) ब्याट्रीलाई सधैं फुल चार्ज गरेर मात्रै चलाउनु पर्छ ।
४) युएसबी चार्जिङ पोर्ट सधैँ सफा गर्नुपर्छ । हामी कोही पनि यस विषयमा ख्याल गर्दैनौँ । मोबाइलभित्र अत्यधिक फोहोर हुने पहिलो कारण भनेकै यही हो ।
५) मोबाइलमा भएका टेम्पोररी (क्यास) क्लियर गर्नुपर्छ । नत्र, मेमोरी फुल हुँदै जान्छ र ह्याङ हुने तथा बिग्रने समस्या बढ्दै जान्छ ।
६) स्क्रिनको सुरक्षाका लागि स्क्रिन कार्ड लगाउनुपर्छ । यसले मोबाइलको स्क्रिनलाई फुट्नबाट बचाउँछ ।
७) मोबाइलको चार्जिङ भोल्टेज डिसी फाइभ भोल्टेजको प्रयोग गर्नुपर्छ । यो चार्जरमा लेखेको हुन्छ । तर, कसैले पनि यो कुराको ख्याल गरेको पाइँदैन । त्यसले गर्दा मोबाइलमा आवश्यकभन्दा बढी चार्ज छिर्न सक्छ र मोबाइल बिग्रन सक्छ ।
८) फुलेको ब्याट्री कहिल्यै प्रयोग गर्नु हुँदैन । फुलेको ब्याट्री प्रयोग गर्दा मोबाइल पड्कन सक्छ ।
९) मोबाइल कभर लगाउनुपर्छ । यसले मोबाइल हातबाट झर्यो भने सुरक्षित हुन्छ ।
१०) मोबाइललाई तरल पदार्थबाट टाढै राख्नुपर्छ । यो इलेक्ट्रोनिकको भाइरस हो । मोबाइलमा तरल पदार्थ छिर्नु भनेकै मोबाइल बिग्रनु हो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया