

संसद विघटनको सिफारिस गम्भीर गल्ती : नेकपा मसाल



पुष ५ काठमाडौं, ।
नेपाल कम्युनिस्ट पाटी मसालले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गम्भीर गल्ती तथा अप्रजातान्त्रिक कदम रहेको औलाएको छ ।
नेकपा मसालले एक विज्ञप्ति निकाल्दै सो कुरा औल्याउदै कडा आपती जनाएको हो । प्रधानमन्त्री केपी ओलीले आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट संसद विघटनको सिफारिस गर्नुभएको थियो ।
उक्त कदमलाई नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले असंवैधानिक कदमको संज्ञा दिनुभएको छ । उहाँले यस कदमको विरुद्ध सहकार्यका निम्ति सम्पूर्ण लोकतान्त्रिक शक्तिहरुलाई आह्वान पनि गर्नुभएको छ ।
नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रीपरिषद्धारा प्रतिनिधि सभालाई विघटन गर्ने र त्यसकालागि राष्ट्रिपतिलाई सिफारिस गर्ने जुन निर्णय गरेको छ त्यसलाई नेकपा मसालले गम्भीर गलती र अप्रजातान्त्रिक कदम ठान्दछ र त्यसको कडा शव्दमा विरोध र भ्रत्सना गर्दछ ।’
राष्ट्रिय जनमोर्चाका नेता आन्नद शर्माले उक्त कदम असंवैधानिक कदमको संज्ञा दिनुभएको छ । उहाँले यस कदमको विरुद्ध सहकार्यका निम्ति सम्पूर्ण लोकतान्त्रिक शक्तिहरुलाई आह्वान पनि गर्नुभएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया