
संसद विघटनको सिफारिस गम्भीर गल्ती : नेकपा मसाल

पुष ५ काठमाडौं, ।
नेपाल कम्युनिस्ट पाटी मसालले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गम्भीर गल्ती तथा अप्रजातान्त्रिक कदम रहेको औलाएको छ ।
नेकपा मसालले एक विज्ञप्ति निकाल्दै सो कुरा औल्याउदै कडा आपती जनाएको हो । प्रधानमन्त्री केपी ओलीले आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट संसद विघटनको सिफारिस गर्नुभएको थियो ।
उक्त कदमलाई नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले असंवैधानिक कदमको संज्ञा दिनुभएको छ । उहाँले यस कदमको विरुद्ध सहकार्यका निम्ति सम्पूर्ण लोकतान्त्रिक शक्तिहरुलाई आह्वान पनि गर्नुभएको छ ।
नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रीपरिषद्धारा प्रतिनिधि सभालाई विघटन गर्ने र त्यसकालागि राष्ट्रिपतिलाई सिफारिस गर्ने जुन निर्णय गरेको छ त्यसलाई नेकपा मसालले गम्भीर गलती र अप्रजातान्त्रिक कदम ठान्दछ र त्यसको कडा शव्दमा विरोध र भ्रत्सना गर्दछ ।’
राष्ट्रिय जनमोर्चाका नेता आन्नद शर्माले उक्त कदम असंवैधानिक कदमको संज्ञा दिनुभएको छ । उहाँले यस कदमको विरुद्ध सहकार्यका निम्ति सम्पूर्ण लोकतान्त्रिक शक्तिहरुलाई आह्वान पनि गर्नुभएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया