

दाङमा दुई दिनमा ३२ जना समातिए जुवा खालबाट, १० लाख रूपैयाँ बरामद



दाङमा प्रहरीले जुवा खालमा छापा हानेर दुई दिनमा ३२ जनालाई पक्राउ गरेको छ। उनीहरूबाट १० लाख ४२ हजार ९ सय ५३ रुपैयाँ नगद बरामद भएको छ।
प्रहरीले आइतबार राति तुलसीपुरबाट १५ जनालाई पक्राउ गरेको हो। उनीहरूबाट ५ लाख ३० हजार २ सय ५३ रुपैयाँ बरामद भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले बताए।
यसअघि शनिबार बेलुकी प्रहरीले घोराहीका दुई ठाउँमा एकैसाथ छापा हानेर १७ जनालाई पक्राउ गरेको थियो। ती जुवा खालबाट ५ लाख १२ हजार ७ सय रुपैयाँ बरामद भएको विवरण प्रहरीले सार्वजनिक गरेको थियो।
जिल्ला प्रहरी कार्यालयका दाङका प्रवक्ता डिएसपी हेमबहादुर केसी आफैले नेतृत्व गरेर घोराहीका जुवा खालमा छापा हानेका थिए।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक टोपेन्द्र घर्तीका अनुसार गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुर र जिल्ला प्रहरी कार्यालय घोराहीको संयुक्त टोलीले छापा हानेको थियो।
टोलीले राति करिब ११ बजे जुवा खेलिरहेको अवस्थामा १५ जनालाई पक्राउ गरेको उनले बताए।
तुलसीपुर उपमहानगरपालिका–५ मासुमार्केटस्थित तेजबहादुर डाँगीको घरमा ठूलो रकमको हारजित हुने गरी जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो।
पक्राउ पर्नेमा तुलसीपुर–५ बसपार्कका ५५ वर्षीय मोहमद अनिस कुरेसी, तुलसीपुर–७ नयाँबस्तीका ५२ वर्षीय भीमसेन विक, तुलसीपुर–८ दुधेनाका ३२ वर्षीय सिमोन सुनार, तुलसीपुर–९ बेलुवाका ४५ वर्षीय मानबहादुर विक, तुलसीपुर–५ मासुमार्केटका ५० वर्षीय रहिस कुरेसी, तुलसीपुर–९ बेलुवाका ४० वर्षीय कमल विक र सोही ठाउँका ४९ वर्षीय केशव विकलगायत छन्।
प्रहरी निरीक्षक एक्कबहादुर नेपालीका अनुसार पक्राउ पर्ने अन्यमा तुलसीपुर–१२ हरिपौराका २६ वर्षीय विशाल केसी, तुलसीपुर–१२ जस्पुरका ३१ वर्षीय किशोर विक, तुलसीपुर–७ हात्तीखौवाका ४५ वर्षीय धनेश्वर विक, तुलसीपुर–९ बेलुवाका ६३ वर्षीय कुलबहादुर डाँगी र सोही ठाउँका ३३ वर्षीय साहित राइनी छन्।
त्यस्तै, घोराही उपमहानगरपालिका–८ ढिकपुरका ४५ वर्षीय कान्तप्रसाद गिरी, सल्यानको शारदा नगरपालिका–८ रानीकोटका ३१ वर्षीय सुमन बुढाथोकी र कुपिण्डे नगरपालिका–९ जहितेपानीका ४२ वर्षीय वीरबहादुर बिष्ट पनि पक्राउ परेका छन्।
जुवा खालबाट १२ प्याकेट ताससमेत बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई म्याद थपका लागि सोमबार जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीले जनाएको छ।


खबर सबै
-
दाङमा दुई दिनमा ३२ जना समातिए जुवा खालबाट, १० लाख रूपैयाँ बरामद
-
आइसीसीले परिवर्तन गर्यो विश्वकप छनोटको संरचना
-
अर्घाखाँची : गोल नपाउँदा पुर्ख्यौली पेसा सङ्कटमा
-
सुनचाँदीको मूल्य घट्यो
-
बिराटनगर बिरुद्ध लुम्बिनी : अन्तिम २ ओभरको नाटकीय ड्रामा, लायन्सको रोमाञ्चक जित !
-
सद्भावको पर्व छठ मनाउन कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण
-
सुनचाँदीको मूल्य घट्यो
-
बिराटनगर बिरुद्ध लुम्बिनी : अन्तिम २ ओभरको नाटकीय ड्रामा, लायन्सको रोमाञ्चक जित !
-
सद्भावको पर्व छठ मनाउन कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण
-
बर्दियामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु,१५ जना घाइते
-
एनपीएलमा प्लेअफको समीकरण रोचक
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा







प्रतिक्रिया