

अर्घाखाँची : गोल नपाउँदा पुर्ख्यौली पेसा सङ्कटमा



अर्घाखाँची : वनजङ्गल सामुदायिक वनका रूपमा हस्तान्तरण भएपछि अर्घाखाँचीका दलित समुदायले पुस्तौँदेखि गर्दै आएको फलामका औजार तथा भाँडा बनाउने परम्परागत पेसा सङ्कटमा परेको छ । औजार बनाउन आवश्यक पर्ने गोल (कोइला) उत्पादनमा रोक लागेपछि यस पेसामा आश्रित परिवारको जीविकोपार्जन नै प्रभावित भएको हो ।
वनबाट उत्पादन हुने दाउरा तथा काठ प्रयोग गरी गोल बनाउँदै आएका स्थानीयलाई पछिल्ला तीन वर्षदेखि गोल बनाउन रोक लगाइएको छ । जथाभाबी रुखबिरुवा काट्दा वन विनाश हुने भन्दै सामुदायिक वनले काठ तथा दाउरा कटानमा कडाइ गरेपछि फलामका औजार तथा भाँडा बनाउन आवश्यक पर्ने गोल अभाव भएको स्थानीयको भनाइ छ । गोल अभावमा आफूहरूको पुख्र्यौली पेसा नै लोप हुने अवस्थामा पुगेको दलित समुदायका अगुवा बताउँछन् । कामका लागि मुख्य इन्धनका रूपमा गोल आवश्यक पर्ने भएकाले गोल नपाउँदा पेसा सञ्चालन गर्न कठिन भएको भूमिकास्थान नगरपालिका–१०, धनचौरका हुमबहादुर विकले बताउनुभयो । ३० वर्षदेखि फलामका औजार बनाउँदै आएका उहाँले भन्नुभयो, “गोल कहाँबाट ल्याएर परिवार पाल्ने र पेसा धान्ने ? गोल अभावकै कारण एक वर्षदेखि पेसा छाड्नु परेको छ ।”
विगतमा वर्षभरि स्थानीयवासीका लागि फलामका भाँडा तथा औजार बनाएबापत अनाज दिने चलनसमेत रहेको स्थानीयको भनाइ छ । गोलको प्रयोगबाट हँसिया, खुकुरी, कोदालो, फालीलगायतका फलामका औजार तथा विभिन्न भाँडा बनाइने गरिन्छ । आवश्यक कच्चा पदार्थ र इन्धनको अभावमा अहिले यस्तो काम गर्नेको सङ्ख्या घट्दै गएको छ । मालारानी गाउँपालिका–५, इन्द्रका ताराबहादुर विकले यो पेसाबाट आम्दानी हुन छाडेपछि बालबालिका पाल्न वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था आएको बताउनुभयो । परम्परागत पेसा सङ्कटमा परेपछि परिवार पाल्नकै लागि ऋण काढेर छोरालाई वैदेशिक रोजगारीमा पठाएको उहाँले बताउनुभयो ।
मालारानी गाउँपालिका–५, मजुवाका टीका विकले न लगानी गरेर व्यवसायका रूपमा सञ्चालन गर्न सक्ने अवस्था छ, न त यही पेसाबाट परिवार पाल्न सक्ने अवस्था छ भन्नुभयो । उहाँले परम्परागत सिप र पेसा संरक्षणका लागि स्थानीय तह तथा सामुदायिक वनले वैकल्पिक उपाय खोज्नुपर्ने बताउनुभयो ।


खबर सबै
-
दाङमा दुई दिनमा ३२ जना समातिए जुवा खालबाट, १० लाख रूपैयाँ बरामद
-
आइसीसीले परिवर्तन गर्यो विश्वकप छनोटको संरचना
-
अर्घाखाँची : गोल नपाउँदा पुर्ख्यौली पेसा सङ्कटमा
-
सुनचाँदीको मूल्य घट्यो
-
बिराटनगर बिरुद्ध लुम्बिनी : अन्तिम २ ओभरको नाटकीय ड्रामा, लायन्सको रोमाञ्चक जित !
-
सद्भावको पर्व छठ मनाउन कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण
-
सुनचाँदीको मूल्य घट्यो
-
बिराटनगर बिरुद्ध लुम्बिनी : अन्तिम २ ओभरको नाटकीय ड्रामा, लायन्सको रोमाञ्चक जित !
-
सद्भावको पर्व छठ मनाउन कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण
-
बर्दियामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु,१५ जना घाइते
-
एनपीएलमा प्लेअफको समीकरण रोचक
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा







प्रतिक्रिया