

बाणगंगा ९ का ५३ वर्षीय ऋषिराम अधिकारी बेपत्ता, खोजीकार्यमा सहयोग गरिदिन परिवारको आग्रह



कपिलवस्तुको बाणगंगा नगरपालिका–९ का ५३ वर्षीय ऋषिराम अधिकारी बेपत्ता भएका छन्। गत १५ गते दिउँसो १ ः ३० बजे घरबाट निस्केका उनी साँझ करिब ४ः३० बजेदेखि परिवारको सम्पर्कबाहिर रहेका अधिकारी हालसम्म फेला नपरेको परिवारले जनाएको छ।
परिवारका अनुसार अधिकारी सम्पर्कविहीन भएपछि आफन्त तथा परिवारजनले खोजीकार्य गरिरहेका छन्। तर, अहिलेसम्म उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेको छोरा लक्ष्मण अधिकारीले बताएका छन् ।
अधिकारीलाई कतै देखेमा वा उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा परिवारलाई खबर गरिदिन अनुरोध गरिएको छ।
बेपत्ता अधिकारीको खोजीकार्यमा सहयोग पुर्याउन परिवारले सबैमा आग्रह गरेको छ। साथै, उक्त सूचनालाई सकेसम्म धेरै व्यक्तिसम्म पुर्याउन सामाजिक सञ्जालमार्फत साझा गरिदिनसमेत अनुरोध गरिएको छ।


खबर सबै
-
अमेरिकामा आज मध्यावधि चुनाव, ट्रम्पलाई दुवै सदनमा बहुमत जोगाउने चुनौती
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको सन्यास
-
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै
-
अर्घाखाँची : सात तालको लयमा गुन्जियो भैरव नाच
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै
-
अर्घाखाँची : सात तालको लयमा गुन्जियो भैरव नाच
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद







प्रतिक्रिया