

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै



नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज भिड्दै छन् । यो खेल दिउँसो १२ : ३० बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।
पहिलो खेलमा पराजित भएकाे जनकपुर पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको हो । १३३ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १९ ओभर ३ बलमा ११३ रन बनाउँदा हल आउट भएको थियो ।
काठमाडौँ भने एनपीएल तेस्रो सिजनको पहिलो खेल खेल्दै छ । काठमाडौँ पहिलो खेलमा जितको खोजीमा हुनेछ भने जनकपुर दोस्रो खेलमा पहिलो जितको खोजीमा हुनेछ ।
जनकपुर अमेरिकी बलिङ अलराउन्डर हर्मित सिंहको कप्तानीमा मैदानमा हुनेछ भने काठमाडौँको कप्तानी करण केसीले गर्दैछन् ।
त्यसैगरी दोस्रो खेलमा बिहीबार साँझ विराटनगर किंग्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्नेछन् । यो खेल कीर्तिपुर मैदानमा ४:३० बजे सुरु हुनेछ ।
कर्णाली याक्सले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराउँदै विजयी सुरुवात गरेको छ भने विराटनगर पोखरासँग आठ रनले पराजित भएको टिम हो ।
विराटगरको कप्तानी सन्दीप लामिछानेले गरेका छन् भने कर्णालीका कप्तान सोमपाल कामी हुन् ।


खबर सबै
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै







प्रतिक्रिया