

पाल्पा पहिराे : ज्यान गुमाउनेकाे सङ्ख्या पाँच पुग्याे



पाल्पामा पहिरोमा परेर ज्यान गुमाउनेकाे सङ्ख्या पाँच पुगेको छ । पहिराेमा परेर बेपत्ता भएका माथागढी गाउँपालिका–३ कसेनी भैसीकट्टाका ७५ वर्षीय लिलबहादुर घर्तीमगर, उहाँकी १७ वर्षीया छोरी दिना र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षिया छोरी झरनाको शव भेटिएको प्रहरीले जनाएकाे छ ।
यसअघि आज बिहान पहिरोमा परेर माथागढी–२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६ ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको ज्यान गएकाे थियाे । चिदीलाई घाइते अवस्थामा उद्धार गरेर जिल्ला अस्पताल पाल्पामा लगिएकामा चिकित्सककले मृत घोषणा गरेका थिए भने सारुको पहिरोमा पुरिएको अवस्थामा शव निकालिएको हो ।
निरन्तरको वर्षासँगै आज बिहान झरेको पहिरोले लिलबहादुर घर्तीमगरको घर पूर्णरूपमा पुरिएको थियो । घरमा सुतिरहेका बेला पहिरोले पुरिँदा उहाँहरू बेपत्ता हुनुभएको थियो । सुरक्षाकर्मी र स्थानीयवासीको प्रयासमा उद्धार टोलीले पहिरोबाट तीन जनाको शव निकालेको हो ।









प्रतिक्रिया