गुल्मीको मुसिकोटमा पहिरोले घरमा क्षति, परिवार सुरक्षित स्थानमा सारियो

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–२ झरुवामा पहिरो खस्दा एक घरमा क्षति पुगेको छ ।

शनिबार बिहान करिब ८ बजे अमरबहादुर कुमालको ढुंगा–माटोले बनेको दुई तले घरको पछाडिको भाग पहिरोले पुरिएको हो ।

घरअगाडिको ढिस्कोसमेत खसेपछि घर पूर्ण जोखिममा परेको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरी चौकी वामीटक्सारबाट प्रहरी सहायक निरीक्षक प्रदीप कार्कीको कमान्डमा खटिएको टोलीले घरमा रहेका मानिस तथा सरसामानलाई सुरक्षित स्थानमा सारेको छ ।

प्रतिक्रिया

खबर सबै