लुम्बिनी प्रदेशको कपिलवस्तु सहित पश्चिमका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

बुधबारदेखि निरन्तर परिरहेको पानी अझै बढ्न सक्ने भन्दै पश्चिम नेपालका २५ जिल्लामा दुई दिन सवारी साधन संचालन गर्न रोक लगाइएको छ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले धेरै वर्षा भएका र अझै निरन्तर वर्षा हुन सक्ने आकलन गरिएका २५ जिल्लालाई रेडअलर्टमा राख्दै शुक्रबार र शनिबार सवारी साधन सञ्चालन बन्द गर्ने निर्णय गरेको हो।

प्राधिकरणले शुक्रबार साँझ सूचना जारी गरी शुक्रबार राति र शनिबार २५ जिल्लामा अत्यधिक वर्षा हुने जनाएको छ।

सवारी साधन संचालन गर्न रोक लगाइएका जिल्लाहरुमा लुम्बिनीका रुपन्देही सहित प्युठान, दाङ, पाल्पा, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, बाँके र बर्दिया छन्।

त्यस्तै गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, गोरखा, लमजुङ र स्याङजा छन् भने सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा, कैलाली र कञ्चनपुर छन् तथा कर्णालीका डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला र सुर्खेत छन्।

प्राधिकरणले नक्शामा रातो लगाइएका जिल्लामा अति धेरै बर्षाको सम्भावना देखाएको छ।

यस्तै, कोसी र मधेश प्रदेश बाहेक पाँचै प्रदेशका ३० वटा जिल्लामा धेरै पानी पर्ने जनाइएको छ।

नक्सामा सुन्तला रङ लगाएर ति जिल्लामा रातको समयमा यातायात बन्द गर्न भनिएको छ। बाँकी जिल्लामा पनि सतर्क रहन निर्देशन दिइएको छ।

प्रतिक्रिया

खबर सबै