

अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्



देशका धेरै भूभागमा बुधबार ९असोज ७०यता पानी परेको छ । काठमाडौंसहित कतिपय स्थानमा भारी वर्षा भएको छ । शनिबार ९असोज १०० पनि केही ठाउँमा धेरै भारीसम्म वर्षा र हावाहुरी समेतको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा। विनोद पोखरेलले पनि देशका विभिन्न भूभागमा अझै भारी वर्षाको सम्भावना कायमै रहेको बताएका छन् । विशेष गरी पश्चिम क्षेत्रमा वर्षाको सम्भावना बढी रहेको उनले उल्लेख गरेका छन् ।
“भारी वर्षाको अवधि अब करिब २४ घण्टा बाँकी देखिन्छ,” उनले शनिबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, “मुख्य जोखिम सुदूरपश्चिमदेखि गण्डकीसम्म तथा वाग्मतीका केही दक्षिणी जिल्लामा छ ।”
पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा सबैभन्दा धेरै २४० मिलिमिटर वर्षा मापन भएको उनले जनाएका छन् । “गण्डकीदेखि पश्चिम नेपालका धेरै स्थानमा १५० मिमिभन्दा बढी वर्षा भएको छ,” उनले भनेका छन् ।
यस दिन बिहानदेखि केही ठाउँमा पानी पर्न रोकिएको छ । विशेष गरी काठमाडौं उपत्यका र आसपासमा वर्षा रोकिएको उनले बताएका छन् ।
“गण्डकीदेखि सुदूरपश्चिमसम्म अझै ठूलो पानी पर्न बाँकी छ । दिउँसोदेखि रातभर वर्षा हुने देखिन्छ,” उनले भनेका छन्, “काठमाडौंमा पनि अपराह्नदेखि भोलि बिहानसम्म मेघगर्जनसहित केही समय भारी वर्षा हुनसक्छ ।”
आइतबार ९असोज ११० भने कतैकतै कुनै बेला घाम लाग्न सक्ने उनको भनाइ छ । “अहिले पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । सतर्क रहनुहोला,” उनले भनेका छन् ।
हाल देशमा विभिन्न मौसमी प्रणालीको प्रभाव छ । “हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै, भारतको उत्तर छत्तीसगढ तथा उत्तर पूर्वी मध्य प्रदेशमा रहेको न्यूनचापीय प्रणाली उत्तर–उत्तरपश्चिमतर्फ सर्दै भारतको दक्षिणपूर्वी उत्तर प्रदेशतर्फ जाने र आगामी १२ घण्टामा क्रमशः कमजोर भई न्यूनचापीय क्षेत्रमा परिणत हुने सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।


खबर सबै
-
आइतबारसम्म भारी वर्षाको सम्भावना, अनावश्यक यात्रा नगर्न विभागको आग्रह
-
लुम्बिनी प्रदेशको कपिलवस्तु सहित पश्चिमका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
-
अविरल वर्षाले लुम्बिनी प्रदेशका नौ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध, एक स्थानमा एकतर्फी यातायात सञ्चालन
-
टी-२० वरियतामा नेपालको दुई स्थान सुधार
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो







प्रतिक्रिया