माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न

रामबहादुर गन्धर्व । –कपिलवस्तुकाे बाणगङ्गा नगरपालिका ५ काेपवास्थित माउण्ट एभरेस्ट बचत तथा ऋण सहकारी संस्था लि.काे २८औ साधरणसभा एक कार्यक्रमकाे आयोजना गरि सम्पन्न भएको छ।

शनिबार बाणगङ्गा -६ बैदौलीमा आयोजित कार्यक्रमकाे बाणगङ्गा नगरपालिकाकि उपप्रमुख रिता कुमारी चौधरीले उद्वाटन गरिन । साे अवसरमा बाेल्दै बाणगङ्गा नगरपालिकामा ६५वटा सहकारी मध्ये माउण्ट एभरेस्ट सबैभन्दा उत्कृष्ट भएको जानकारी गराउदै ढुक्क भएर काराेबार गर्न आग्रह गरिन। राष्ट्रिय सहकारी बैंकका स्तरीकरण अधिकृत समेत रहेका नारायण बेलबासेले निर्देशनात्मक प्रशिक्षण दिदै संस्थाकाे पुर्ण सफलताको शुभकामना दिए।

त्यस्तै राष्ट्रिय सहकारी बिकास बैंकका लेखा सुपरिवेक्षक युवराज पाेख्रेल ,चर्तुभुज पाण्डे ,वडा नं.५/६का वडाध्यक्ष दुनिका प्रसाद भुसाल ,करूण टण्डन लगायतले कार्यक्रमलाई सम्बाेधन गर्दै सहकारी संस्थाले बिकासकाे गति लिनुमा सम्पूर्ण शेयर सदस्य ,सञ्चालक समिति शुभेच्छुकहरूकाे सहयोग ,आत्मा बिश्वास रहेको खुलेर प्रशंसा गरेका थिए।

यसैबीच संस्थाकि काेषाध्यक्ष बिन्दु अर्यालले संस्थामा महिला २हजार २सय ८३जना ,पुरूष २ हजार २३गरि जम्मा ४हजार ३सय ६जना सदस्य संख्या रहेको जानकारी दिदै आ .ब. ०८२/८३मा रू.७०लाख ६३हजार ३सय २८रूपैयाँ बृद्वि भई २१कराेड ११लाख ७हजार १सय ९रूपैयाँ रहेको बताउदै संस्थाले यस आ .ब.मा बचत निक्षेप २कराेड ५५लाख १८हजार ३सय ८३रूपैयाँ संकलन गरि आ .ब.०८२/०८३ मा २६कराेड ९६लाख २०हजार ३५रूपैयाँ पु-याउन सफल भएको स्पष्ट पारिन् ।

त्यस्तै :लेखा समिति सदस्य दुर्गा खनालले लेखा प्रतिवेदन प्रस्तुत गर्दै ४३६०३५८५ । आम्दानी ,३कराेड ७८ लाख ७१ हजार ९सय ७१रूपैयाँ खर्च भएको जानकारी दिदै ९८लनख ७१ हजार ५सय रूपैयाँ शुद्ध नाफा कमाउन सफल भएको बताइन् । भने संस्थाले सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै २०५६/३/३० मा डिभिजन सहकारी कार्यालय तौलिहवा कपिलवस्तुमा दर्ता भई २०। रूपैयाँ बचतबाट शुरू भएको यस संस्थाले बाणगङ्ग र कपिलवस्तु नगरपालिकालाई आफ्नो कार्य क्षेत्र बनाई विभिन्न सेवा प्रदान गर्दै आएकाे बताएको छ ।

साथै संस्थाका अध्यक्ष प्रकाश भुसालले अगामी बर्ष०८३/०८४का लागि विशेष खालका नीति तथा कार्यक्रम अघि सारेका थिए। साे अवसरमा संस्थाले ७ जना ज्येष्ठ नागरिकलाई ब्लंकेट सहित सम्मान गरेको छ भने माध्यमिक शिक्षा परीक्षा २०८२मा सर्बाेत्कृष्ट हुने छात्रछात्रालाई मायाको चिनाे हस्तान्तरण गर्दै सम्मान गरेको थियो ।

संस्थाका शेयर सदस्य ,पुर्व पदाधिकारी ,स्थानीय समाजसेवी लगायतको बिशेष उपस्थिति रहेको कार्यक्रम माधव गैरेकाे स्वागत तथा पंकज पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

खबर सबै